वडा अध्यक्ष कपको उपाधि बेल्टाकुरालाई

जेठ १५, २०७६  

तुलसीपुर, जेठ १५ ।
तुलसीपुर उपमहानगरपालिका ११ नम्वर वडा कार्यालयले आयोजना गरेको वडा अध्यक्ष कप फुटवल प्रतियोगिताको कप बेल्टाकुरा ए टिमले चुमेको छ । फाईनलमा कटाहा, नवलपुरको संयुक्त टिम लाई बेल्टाकुरा ए टिमले शुन्यका विरुद्ध १ गोल गर्दै उपाधि चुमेको हो । मोतिपुरको टिमले तृतिय उपाधि जितेको हो । यस्तै प्रतियोगितामा बेष्ट प्लेयर आदर्श हमाल, बेष्ट गोल किपर अनिल बोहरा, राईजिङ प्लेयर अमृत खड्का र बेष्ट डिफेन्सको उपाधि सुनिल केसीले हात पारेका थिए ।

Advertisement

जेठ १३ गते देखि शुरु भएको वडा अध्यक्ष कप फुटवल प्रतियोगितामा वडा भित्रका ७ टिमका सहभागिता रहेको थियो । यसैविच एक औपचारिक कार्यक्रम गरि प्रतियोगिताको समापन गरिएको छ । वडा अध्यक्ष चित्र वहादुर वलीको अध्यक्षता, नेपाली कांग्रेस दाङका सभापति किर्ती वहादुर खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रथम, द्धितिय, तृतिय हुने खेलाडिहरु तथा बेष्ट प्लेयर, बेष्ट गोल किपर, बेष्ट डिफेन्स र राईजिङ प्लेयरलाई, मेडल, प्रमाण पत्र तथा नगद पुरष्कार प्रदान गरिएको थियो । प्रतियोगिताका संयोजक तथा वडा सदस्य सुवास डांगीको स्वागत मन्तव्यबाट शुरु भएको समापन कार्यक्रममा वडा स्तरिय युवा क्लवका अध्यक्ष दिपक खड्काले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने वडाका कर्मचारी लक्ष्मी चौधरीले सहजिकरण गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस