शान्तीनगरमा तिन दिने बेमौसमी तरकारी खेती कार्यक्रम सुरु

जेठ १४, २०७६  

तुलसीपुर, १४ जेठ । दाङ शान्तिनगर गाउँपालिका वडा नम्बर तीनको आयोजना एबं कृषि बिकास शाखा चिराघाटको प्राविधिक सहयोगमा तिन दिने बेमौसमी तरकारी खेती तथा स्प्रे टंकी वितरण कार्यक्रम बस्तिखोलामा मंगलवार देखी सुरु भएको छ । वडा अध्यक्ष बुद्धिराम तिवारीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीको प्रमुख आतिथ्यमा कार्यक्रम उद्घाटन भएको थियो । सो अवसरमा गाउँपालिका उपाध्यक्ष मिथिला शाह, प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसी, कृषि शाखा शान्तिनगरका प्रमुख यमकान्त पाण्डे लगाएतले बोलेका थिए ।
कार्यक्रममा महिला पुरुष गरि ३० जना किसानहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण वडा सचिव हेम प्रसाद भण्डारीले गरेकोे गाउँपालिकाका प्रेस संयोजक निरास पाण्डेले जानकारी दिएका छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस