जनता सरकारको हिसावकिताब गरेर बसेका छन् ; ज्ञवाली

तुलसीपुर, ६ जेठ
नेपाल कम्युनिष्ट पार्टीका नेता युवराज ज्ञावलीले जनता सरकारको हिसावकिताब गरेर बसेको बताएका छन् । ३५ औं नेत्रलाल स्मृति दिवसका अवसरमा नेपाल कम्युनष्टि पार्टी नेकपाले दाङको घोराहीमा आयोजना गरेको सभालाइ सम्बोधन गर्दै नेता ज्ञावलीले निर्वाचनको समयमा गरेका बाचा जनताले नभुलेकाले काम गरेर देखाउनुपर्ने बेला आएको बताए ।
जनताको जीवनमा परिवर्तन नआउदा सम्म विगतका सरकार र दुई तिहाई बहुमतको नेपाल कम्युनिष्ट पार्टीको सरकारमा कुनै भिन्नता नहुने भन्दै नेता ज्ञावलीले खानलाउन, औषधी उपचार गर्न नपाएका जनताको जीवनमा परिवर्तन आउनु पर्ने बताए । ‘अन्याय नपरेकाहरुको चिन्ता गर्न छोड्नुस ।
अन्यायमा परेकाहरुको चिन्ता गर्नुस ,’ नेता ज्ञावलीले भने ‘ अरबपतिको हैन गरिबको चिन्ता गर्नुस जसले उनिहरुको जीवनमा परिवर्तन आओस ।’ सत्ताको दुरुपयोग गरेर जति कमाएपनि हुन्छ भन्ने सोचाई राख्नेहो भने माक्सवाद र सहिदको अपमान हुने भन्दै नेता ज्ञावलीले गौतम वुद्ध बन्न सत्तामा पुगेकालाई आग्रह गरे ।
संसारको इतिहासमा नेपालको कम्युनिष्ट, सरकार नयाँ अभ्यास र महत्वपूर्ण मौका भएकाले ठिक ढंगले पाटी, सरकार, राष्ट्रपति र प्रधानमन्त्री चलेर दुनियाका लागि उदाहरण वन्नु पर्ने सुझाव दिए ।

प्रकाशित मिति : २०७६ जेष्ठ ६ गते सोमवार
प्रतिक्रिया