धार्दिङ,बैतडी र उदयपुरमा सवारी दुर्घटना हुदा १४ जनाको मुत्यु,धार्दिङमा मात्रै मुत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौ, ५ जेठ । धार्दिङ,बैतडी र उदयपुरमा छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि १४ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ बन्छेटारस्थित त्रिशुली नदीमा बसेर दुर्घटना हुँदा मुत्यु हुनेको सङ्ख्या ९ पुगेको छ । पाँचजनाको घटनास्थलमै र चारजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिनुभयो ।
दुर्घटनामा परि काठमाण्डौको चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षकी सीता थपलिया, काठमाण्डौ थानकोटका ५१ वर्षका राजकुमार सुवेदी, इलामको कन्याम निवासी २० वर्षका विशाल गिरी, धार्दिङका राजन आचार्य, प्रकाश श्रेष्ठ, शेखर मगर र उज्वल पाण्डेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धार्दिङले जानकारी दिएको छ । यस्तै दुर्घटनामा परि ज्यान गुमाएका अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको छ ।

झापाको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेकोे ना ७ ख ४३८७ नम्बरको बस आईतवार बिहान ६ बजे त्रिशुली नदीमा खसेको थियो । दुर्घटनामा घाइते भएका २३ जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अन्य घाइतेहरुको धादिङस्थित विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । यस्तै बैतडीमा यात्रुवहाक जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–१० बाराकोटका ४५ वर्षीय हिराबल्लभ भट्ट, ६५ वर्षीया नरुली भट्ट र ६० वर्षीय लालमणि भट्ट रहेका छन् । दुर्घटनामा चालकसहित तीनजना घाइते भएका छन् । बैतडीको देहीमाडौँबाट नागार्जुनका लागि छुटेको ग १ ज ४९२१ नम्बरको जीप आईतवार बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका–११, नानीगाड भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

यस्तै उदयपुरमा आइतबार बिहान टिप्पर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी घुर्मी खण्डको कटारी नगरपालिका–१४, घुर्मी रानीडाँडामा ना ७ ख ७००० नम्बरको टिप्पर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा परि टिप्परका सहचालक सिन्धुली दुधौली नगरपालिका–११ बस्ने २० वर्षीय लिलाबहादुर सार्की र टिप्परमा सवार कटारी नगरपालिका– ५, भोर्ले बस्ने ३० वर्षीय डिकबहादुर बुढाथोकीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ ५ गते आइतवार
प्रतिक्रिया