त्रिशुली नदीमा बस बस्दा ५ जनाको मुत्यु, ३ जनाको सनाखत

धार्दिङ, ५ जेठ । धार्दिङको गजुरी गाउँपालिकास्थित बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा ५ जनाको ज्यान गएको छ । एक जना महिला र चार जना पुरुषको ज्यान गएको पुष्टि भएको प्रहरीले जनाएको छ ।ज्यान गुमाउने मध्ये तीन जनाको पहिचान खुलेको छ । ज्यान गुमाउने काठमाण्डौ चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षीय सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी र काठमाण्डौ जिल्ला थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी रहेको प्रहरीले जनाएको छ । अन्य २ जनाको सनाखत भएको छैन ।

प्रहरीका अनुसार दुर्घटनामा २९ जना घाइते भएका छन् । काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको रात्री बस बन्छेटारको घुम्तीबाट त्रिशूली नदीमा खसेको हो ।घाइतेहरुको उपचारका लागि काठमाण्डौलगायत अन्य अस्पताल पठाइएको छ । बसमा कतिजना सवार थिए भन्ने पनि अहिलेसम्म खुल्न सकेको छैन । दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासीन्दाले उनीहरुको उद्धार गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक हेमराज घिमिरेले जानाकारी दिनुभयो । दुर्घटनाको कारण खुलेको छैन ।

प्रकाशित मिति : २०७६ जेष्ठ ५ गते आइतवार
प्रतिक्रिया