कर्तव्य ज्यान मुद्धामा तिन जना अभियुक्त पुर्पक्षका लागी कारागार चलान

तुलसीपुर, ४ जेठ । कर्तव्य ज्यान मुद्धामा पक्राउ परेका तिन जना अभियुक्तलाई पुर्पक्षका कारागार चलान गरिएको छ । गत बैशाख ८ गते राती दाङ तुलसीपुर ५ नयाँबसपार्क पुल नजिककै बबई गाउँपालिका वडा नम्वर ७ मठौरी निवासी ३२ वर्षिय चुडा बहादुर परियारलाई कुटपिट गर्दा उनी गम्भिर घाईते भएका थिए । कुटपिटबाट गम्भिर घाईते भएका परियारको कोहलपुरमा उपचारको क्रममा निधन भएको थियो ।मृतकका आफन्तीले किटानी जाहेरी दिएको आधार प्रहरीले उनीहरुलाई पक्राउ गरीएको थियो ।
कुटपिट गरेको आरोपमा पक्राउ परेका बसपार्कमा होटेल सन्चालन गदै आएकी तुलसीपुर ५ निवासी ३५ वर्षिया बविता वली, सोहि ठाउँका २४ वर्षिय थल बहादुर परियार र सल्यानकी १९ वर्षिया रितु रावतलाई दाङ देउखुरी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागी कारागार चलान गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेम बहादुर शाहीले जानकारी दिएका छन् ।
पक्राउ परेका तिनै जनालाई अदालतले गत बैशाख ३० गते पुर्पक्षका लागी कारागार चलान गर्न आदेश दिएको थियो । पक्राउ परेका मध्ये थल बहादुर परियारलाई घोराही कारागार चलान गरीएको छ भने दुई जना महिलालाई तुलसीपुर कारागार चलान गरिएको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ ४ गते शनिवार
प्रतिक्रिया