उरहरीमा उद्घोषण तथा पत्रकारीता तालिम सुरु

तुलसीपुर, ३ जेठ । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ उरहरीमा उद्घोषण तथा पत्रकारीता तालिम शुक्रवार देखी सुरु भएको छ । एक हप्ता सम्म सञ्चालन हुने उक्त तालिमको वडाध्यक्ष चित्र बहादुर वलीको अध्यक्षतामा उद्घाटन गरिएको हो ।उद्घाटन अवसरमा बोल्ने बत्ताहरुले हरेक क्षेत्रमा युवाको सहभागिता भए मात्र समृद्ध समाज निर्माण हुने बताएका थिए ।
कार्यक्रममा स्वागत गर्दै वडा सदस्य सुवास डागीले उद्घोषण गर्ने शैलिको विकास गराई हरेक क्षेत्रमा युवाको प्रतिनिधित्व गराउन तालिमको आयोजना गरिएको बताएका छन । स्थानिय स्तरमा भएका गतिविधिहरु सञ्चारमाध्यम सम्म पुराउन तालिमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने उनले बताएका छन । तालिम उद्घाटन अवसरमा वडा सदस्यहरु निर्मा चौधरी,खिमा विक,वडा सचिब भुवनेश्वर अधिकारी,साना किसानका अध्यक्ष लोकराज आचार्य लगायतले बोलेका थिए ।

कार्यक्रमको सहजिकरण वडाकि कर्मचारी लक्ष्मी चौधरीले गरेकी थिईन । तालिमको प्रशिक्षकमा पत्रकारहरु नारायण खड्का,सन्तोष सुवेदी,शुसिल बस्नेत,शरद रेग्मी,देवेन्द्र बस्नेत,बसन्त परियार लगायतका रहेका छन ।वडा कार्यालयको आयोजनामा सुरु भएको तालिममा ८० जना युवा युवतीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ ३ गते शुक्रवार
प्रतिक्रिया