कम्युनिष्ट सरकार टिकाउनलाई पार्टी एकता भएको हो : विश्वासी

जेठ ०३, २०७६  

तुलसीपुर ३ जेठ । २६ औ मदन आश्रीत स्मृति दिवस दाङ सहित देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी तुलसीपुर उपमहानगर कमिटिले शुक्रवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रममा बोल्दै नेकपा पोलिटव्युरो सदस्य भागवत विश्वासीले कम्युनिष्ट सरकार लामो समय सम्म टिकाई राख्नका लागी दुई कम्युनिष्ट पार्टी एक भएको बताएका छन् ।तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र विच पार्टी एकता भएको विषयलाई प्रतिक्रियावादीहरुले अनेकौ टिकाटिप्पनी गरेको भन्दै भ्रममा नपर्न नेताकार्यकर्तालाई सचेत गराएका छन् ।

Advertisement

नेकपाका अध्यक्ष केपी शर्मा र पुष्पकमल दाहाल प्रचन्ड प्रधानमन्त्री हुनलाई पार्टी एकता नभएको बताउदै उनले भने कसैको व्यक्तिगत स्वार्थका लागी पार्टी एकता भएको होइन नेपालमा कम्युनिष्ट सरकार टिकाउनु छ । नेपालको कम्युनिष्ट सरकारलाई टिकाउन दुई पार्टीको एकता हुनु अहिलेको आबश्यकता रहेको उनको भनाई थियो ।नगर कमिटिका अध्यक्ष खुसीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सदस्य विश्वासीले नेपालको ईतिहासमा कम्युनिष्ट आन्दोलनमा तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारीको महत्वपुर्ण योगदान रहेको चर्चा गरेका थिए ।

उनले संसारमा कम्युनिष्ट आन्दोलनको उदाहरण दिदै क्रान्तीकारी बिना मुलुकको राजनिति परिवर्तन नहुने बताएका छन् । जनताको बहुदलिय जनबादको सिद्धान्तले नै कम्युनिष्ट आन्दोलनले सफलता प्राप्त गरेको उनले बताएका छन् । साथै कार्यक्रममा बोल्ने अन्य बक्राहरुले तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीले देखाएको बाटोमा हिड्न सके मात्र कम्युनिष्ट आन्दोलन सफल हुने बताएका छन् ।

Advertisement

सो अवसरमा नेकपा प्रदेश कमिटिका सदस्य रामजी चौधरी, राम बहादुर दहित, जिल्ला कमिटि सदस्यहरु मनोहर बुढाथोकी , विनोद शर्मा, चित्रा धिताल, श्याम डाँगी, कृष्ण भुसाल , नेकपाका नेताहरु शोभाराम बस्नेत, सेसुराम भण्डारी र चित्र बहादुर खड्का लगाएतले श्रद्धान्जली मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीरकण नगर कमिटिका सचिव माधव वलीले गरेका थिए ।तत्कालीन नेकपा एमालेका महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रीत २०५० साल जेठ ३ गते चितवनको दासढुगांमा जीप दुर्घटनामा परि निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस