संघिय सांसद केसी अग्निपिडितको घरमा

बैशाख ३१, २०७६  

तुलसीपुर, ३१बैशाख
संघिय सांसद हिराचन्द्र केसीले अग्निपिडितको घरमा पुगेर राहात प्रदान गर्नुभएको छ । दाङ शान्तीनगर गाउँपालिका वडा –४ जुम्लेकुला निबासी अग्निपिडित कुल बहादुर रेउले , गौरीलाल रेउले र बुद्धिराम रेउलेको घरमा पुगेर आधा महिनाको तलव बराबर हुन आउने २५ हजार रुपैयाँ प्रदान गर्नुभएको हो । सांसद केसीले अग्निपिडितहरुको घर निर्माणका लागि केन्द्र र स्थानिय सरकारसंग सक्दो सहयोगका लागि पहल गर्ने बताउनुभयो ।

लाखौको धनमाल जलेर नष्ट भएको अवस्थामा आफनो सानो सहयोगलाई सहज रुपमा ग्रहण गरेको प्रति अभार प्रकट गर्दै सांसद केसीले अग्निपिडितहरुको सहयोगकालागि खट्न नेकपाका कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । बस्ने बास र गाई बस्तु बाँध्ने गोठ समेत जलेर खरानी भएपछि तीन घरपरिवार छिमेकिको घरमा आश्रय लिएर बसीरहेका छन् । राहत वितरण कार्यक्रममा नेकपाका नेता विष्णु केसी, चुर्णबहादु वली, शान्तिनगर गाउँपालिका अध्यक्ष शेरबहादुर भण्डारी, युवा नेता नेवबहादर रोकाय ‘स्टार’ शान्तिनगर गाउँपालिका ४ का वडाध्यक्ष धनबहादुर केसी, तुलसीपुर उपमहागनरपालिका मेयरको सचिवालय सदस्य मानबहादुर रावत लगताएतको सहभागिता रहेको थियो । गएको बैशाख २३ गते तोरीको डाँठमा लगाएको आगो घरमा सल्कीदा करिब ३५ लाखको क्षेति भएको थियो ।

प्रतिक्रिया दिनुहोस