अग्नीपिडितलाई बिक्कीको सहयोग

बैशाख २९, २०७६  

तुलसीपुर,२९ बैशाख ।

अग्नीपिडित तुलसीपुर १३ बराहखुटी निवासी जगलाल नेपालीलाई एक युवाले सहयोग गरेका छन । आगलागी बाट घरमा भएको नगद,अन्नपात,जिन्सी र गरगहाना सबै नष्ट भएको थाहापाएपछि तुलसीपुर ११ बेलटाकुरा निवासी युवा बिक्कीसिंह ठकुरीले १५ हजार बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका हुन् ।

उनले चामल, खाने तेल, सिरक, डसना, धोती, सलवार कुर्ता, दाल, आलु, विस्कुट लगाएतका सामाग्री नेपालीको घरमै गएर प्रदान गरेका हुन । अरुको दुखमा सहयोग गर्नु मानविय धर्म भएको भन्दै आफुले सहयोग गरेको उनले बताएका छन ।

सामाजिक कार्यमा सक्रिय ठकुरीले यस अघि पनि विभिन्न ठाँउमा सहयोग गरेका छन । युवाहरु माझ लोकप्रिय ठकुरी युवा संघ दाङ क्षेत्र नम्बर ३ का उपाध्यक्ष समेत हुन् ।

यसैविच, तुलसीपुर ११ उरहरी निवासि समाजसेवि मान बहादुर रावतले पनि अग्नीपिडितलाई आर्थिक सहयोग गरेका छन । राहात सामग्रि हस्तान्तरण गर्न पुगेका रावतले नगद तिन हजार रुपैया सहयोग गरेका थिए । यस्तै उरहरी निवासि विशाल पोख्रेलले सुपानेझुल हस्तान्तरण गरेका थिए । सो अवसरमा आगलागि भए पश्चात उद्धारमा खटिएका स्थानिय समाजसेवि मोहन पौडेलको समेत उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस