खानेपानी व्यवस्थापनका लागी निजि क्षेत्रको लगानी : भ्रममा नपर्न आग्रह

तुुलसीपुर , २८ बैशाख ।  तुलसीपुर क्षेत्रमा खानेपानीका लागी निजि क्षेत्रले लगानी गर्न लागेको भन्ने सवालमा अहिले थुप्रै बहस भईरहेको छ । वषौदेखी प्रत्यक्ष उपभोक्ताहरुको लगानी मार्फत सन्चालन भईरहेको खानेपानीलाई निजिकरण गर्न लागीएको भन्दै उक्त विषयमा अहिले सामाजिक सन्जाल देखी विभिन्न स्तरमा व्यापक हल्ला चलिरहेको छ । त्यति मात्र होइन तुलसीपुर क्षेत्रमा रहेका खानेपानी संस्थालाई समेत निजिकरण गरिदै छ भन्ने खालको भ्रम फैलाईएको छ ।

त्यसकारण निजि क्षेत्रलाई दिनुहुदैन यसमा राज्यले रोक्नु पर्छ भन्ने कतिपयले प्रश्न उठाएका छन् ।तर निजि क्षेत्रले भने खानेपानीको पहुँच नपुगेको ठाउँमा पानी पु¥याउनका लागी स्मार्ट व्यवस्थापन ग्रुप मार्फत योजना अघि सारेको सन्चालकले दावी गरेका छन् । पछिल्नो समयमा तुलसीपुरमा खानेपानी निजि क्षेत्रलाई दिने भन्ने विषयमा जो चर्चा भईरहेको त्यो गलत हो गु्रप सन्चालक पदम केसीले भने, यसमा कोहि पनि भ्रममा नपर्न आग्रह गर्दछु ।
उनले सामाजिक सन्जाल फेसबुक मार्फत लखेका छन् पहिलो कुरा जो Smart Managment Group ले तुलसीपुर खानेपानी संस्था वा अमृतपुर खानेपानी संस्थाको सेवा क्षेत्र नरहेको तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३,५,६,७ र ९ का पातुखोलाको बगर क्षेत्रमा शुद्ध खानेपानीको ब्यबस्थापन गर्ने गरी सबै बैधानिक र कानुनी प्रकृया पुरा गरी स्वीकृति प्राप्त गरेको जानकारी गराउँदछु ।
खानेपानी जस्तो संबेदनसिल कुराको जिम्मा राज्यले लिनुपर्छ भनी बहस भएको भन्दै उक्त कुराको जवाफ दिदै उनले भनेका छन् शिक्षा ,स्वास्थ्य र खानेपानी लगाएतमा राज्यको दायित्व हुनुपर्ने हो तर हाम्रो जस्तो अबिकसीत मुलुकमा अहिले भरखरै यी सबै चिजमा राज्यको पुर्ण रूपमा लगानीको सम्भावना देखिदैन, त्यसकारण नेपाल सरकारले निजि क्षेत्रलाई लगानी गर्नका लागी उत्प्रेरित गर्ने र त्यस्ता निजि कम्पनीबाट कर उठाउने भनी संबैधानिक ब्यबस्था गरेको छ ।
खानेपानी विषयमा तमाम प्रश्न गर्नेहरुलाई व्यग्य गदै उनले थप प्रश्न गरेका छन् शिक्षामा  भएको निजिकरणमा खै कोहि बोलेको छ ? तुलसीपुर लगायत देशैभरि बोर्डिङ स्कुल छ्यापछ्याप्ती खुलेका छन् अनि स्वास्थ्य क्षेत्रमा भएको निजीकरणमा खै बोलेको ? private hospital देशभर छ्यापछ्याप्ती खुलेका छन् ।

रातारात र दिनधाडै अबैध हिसाबले तस्करी र गैरकानुनी काम भईरहेको बखत टुलुटुलु हेर्ने सरकारी जग्गा र चिरा नाला हडप्नेलाई संरक्षण गर्ने गराउने तर राज्यले अनुमति दिई त्यस क्षेत्रका वासीन्दालाई शुद्ध खानेपानी दिन्छौं भन्दा नानाथरी कुरा काट्नेहरूको लहलहैमा लाग्नु भन्दा यथार्थ कुरा बुझी आफ्ना धारणा राख्न सबैमा अनुरोध गर्दछु उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०७६ बैशाख २८ गते शनिवार
प्रतिक्रिया