अपाङगता भएका व्यक्तिहरुको लागी क्षमता बिकास तालिम सम्पन्न

बैशाख २७, २०७६  

तुलसीपुर, २७ बैशाख । अपांगता भएका व्यक्तिहरुका लागि सहायक सामाग्री वितरण तथा अपांगताको अधिकार र क्षमता बिकास सम्बन्धि २ दिने तालिमको शुक्रवार दोघरेमा समापन भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ९ को वडा कार्यालयको आयोजना तथा वडा स्तरीय अपांग समन्वय समितिको समन्वयमा तालिमको आयोजना गरिएको थियो ।
अपांग समन्वय समितिका संयोजक सुरेश बैरागीको अध्यक्षता एवं वडा नं ९ का वडा अध्यक्ष घनश्याम ढकालको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो । दुई दिन सम्म सन्चालन भएको तालिममा प्रशिक्षकहरु अधिवक्ता मोहन धिताल,अधिकारकर्मिहरु निर्मल नेपाली, प्रतिमा शर्मा र देबा डाँगी रहेका थिए । कार्यक्रममा ४५ जनाको सहभागिता रहेको थियो । साथै तिन जनालाई ह्विलचियर वितरण गरिएको थियो भने । कार्यक्रमको सहजीकरण वडा सचिव गणेश आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस