शनिवार ४ घण्टा विद्युत सेवा अवरुद्ध हुने

बैशाख २७, २०७६  

तुलसीपुर , २७ बैशाख । शनिवार विहान ४ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ । लमही–घोराही १३२ केभि प्रसारण लाईन सूचारु भएसंगै घोराही तुलसीपुर ३३ केभि प्रशारण लाईन अन्र्तगत दुधरासमा पोल गाडेर मिलाउनु पर्ने भएको हुदा शनिवार विहान ७ वजेदेखी ११ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रशासकिय प्रमुख युवराज विष्टले जानकारी दिएका छन् । तुलसीपुर क्षेत्र सहित सल्यान र रुकुममा समेत विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस