खनाल चाउमिन तथा सस उद्योगद्धारा उत्पादित चाउमिन कलर विक्रीमा प्रतिबन्ध

ओपेन्द्र बस्नेत, तुलसीपुर २७ बैशाख ।अनुमति नलिएर बर्षौदेखि तुलसीपुर क्षेत्रमा उत्पादन गर्दै आएको चाउमिन कलरलाई विक्रीवितरणमा रोक लगाइएको छ । अनुमति विना चाउमिन कलर उत्पादन गरेको पाइएपछि उत्पादन र विक्रीवतरणमा रोक लगएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले जनाएको छ ।
खनाल चाउमिन तथा सस उद्योगले विगत ६ बर्षदेखि बरुवा गाउँमा चाउमिन कलर उत्पादन गर्दै आएको थियो । उद्योगमा तयारी अवस्थामा राखीएको ४८ बोतल चाउमिन कलर विक्री गर्न प्रतिवन्ध लगाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख विवेक वन्जाराले जानकारी दिनुभयो ।

चाउमिन कलर, चाउमीन रङगाउन प्रयोग गरिन्छ । पकाएको कालो भेली, चीनि, कालो नुन, सोडियम र भेनेगर मिसाएर चाउमिन कलर उत्पादन गर्ने गरिएको उद्योगले जानकारी दिएको छ । उद्योगले यसअघि चाउमिनमा प्रयोग गर्नकालागि बजारमा विक्री गरेका भेनेगर, सोया ससका बोतलमा म्याद नटाँसीएको भेटाएपछि निगरानी गर्दै आएको थियो । उत्पादन गरेको चाउमिन कलरको स्याम्पल परिक्षण र अनुमति लिएपछि मात्रै पुनः उत्पादन र विक्रीवितरण गर्न सकिने डिभिजन कार्यालयले बताएको छ ।

२०६३ भदौ २० गतेदेखि उद्योग संचालनमा आएपनि चाउमिन कलरको उत्पादन भने विगत ६ बर्षदेखि माग अनुसार उत्पादन गर्न सुरु गरिएको उद्योगका प्रोपाईटर गोविन्दप्रसाद खनालले जानकारी दिनुभयो । उद्योगले हाल चाउमिन, चाउमिन कलर, चिल्ली सस, भेनेगर(अमिलो), भेजीटेबल सस उत्पादन गर्दै आएको छ । यद्यपी उद्योको बाहिर देखिने गरि बोर्ड समेत राखिएको छैन । तुलसीपुरमा क्षेत्रमा अहिले पनि अबैध रुपमा करिब ५÷६ वटा चाउमिन तथा सस उद्योगहरु संचालनमा रहेको स्रोतले बताएको छ ।
खाद्य बस्तुहरुको उत्पादन मिति र म्याद समाप्त हुने मिति देखिने गरी टाँस्नुपर्ने कानुनी प्राब्धान भएपनि खनाल चाउमिन तथा सस उद्योगले भने नटाँसेर सस र भेनेगर बजारमा विक्री गरेको थियो । यता उद्योग मालिकले भने भुलबस छुटेको प्रतिकृया दिएका छन् । उत्पादन गरिएका खाद्य वस्तुको लेवलमा अनिबार्य खुलाउनुपर्ने बिबरण, अपुग भएमा खाद्य एैन २०२३ अनुासर जिल्ला प्रशान कार्यालयले पाँच हजार जरीवाना वा ६ महिनासम्म कैद गर्न सक्ने कानुनी व्यवस्था छ ।
यता डिभिजन कार्यालयले उत्पादन गरेको वा विक्री गरेको पाईमा खाद्य ऐन अनुसार कारबाही प्रकृया अघि बढाइने जनाएको छ । ‘ २३ गते सम्म स्टक भएका चाउमिन कलरलाई विक्री नगर्नु भनेर मालिकको जिम्मा लगाइएको छ,’ प्रमुख वन्जाराले भन्नुभयो ‘त्यसपछि पनि उत्पादन गरेको र विक्री गरेको पाईमा खाद्य ऐन अनुसार कारबाही गछौं ।’

प्रकाशित मिति : २०७६ बैशाख २७ गते शुक्रवार
प्रतिक्रिया