दोस्रो जिल्ला स्तरिय पारा टेवलटेनिस सम्पन्न, धरम,सुरेश र अस्मितालाई स्वर्ण

 लक्ष्मण बस्नेत, तुलसीपुर,२३ बैशाख ।दाङ जिल्ला स्तरिय दोस्रो पारा टेवलटेनिस प्रतियोगिता २०७६ को मेन स्ट्यान्डिङमा धरम पुन र युमन स्ट्यान्डिङमा अस्मिता बुढाले स्वर्ण पदक हात पारेका छ्न् ।दाङ जिल्ला प्रशिक्षण केन्द्र र दाङ जिल्ला टेवल टेनिस संघको सयुक्त आयोजनामा संचालित प्रतियोगिताको मेन स्ट्यान्डिङ फाईनलमा दिपक भुसाललाई ३(१ को सेटमा पराजित गर्दै धरम पुनले स्वर्ण हात पारेका हुन् ।

फाइनलमा पराजित दिपकले रजत पदकमा चित्त बुझाउदा शिवराज खड्का र गुरु प्रसाद चौधरीले तृतीय स्थान हासिल गरे ।त्यस्तै युमन स्ट्यान्डिङको फाईनलमा निर्मला ओलि लाई डिसाडिङ गेममा ३(२ सेटको अन्तरमा पराजित गर्दै अस्मिता बुढाले स्वर्ण पदक हात पार्न सफल भईन् । निर्मलाले रजत पदकमा चित्त बुझाउदा हरिकला भण्डारी र गिता सुनार तृतीय भए । मेन ह्विलचेयर तर्फ सुरेश बिकले स्वर्ण पदक हात पारे । फाइनलमा खिम बहादुर महतरालाई ३(२ सेटमा पराजित गर्दै सुरेशले स्वर्ण पदक हात पारेका हुन् ।
खिम बहादुर महतराले रजत पदकमा चित्त बुझाउदा यज्ञ बिक र खुम बहादुर पुन तृतीय भए । त्यस्तै मेन तर्फ मस्कुलर डिस्ट्रवी मा छबि भण्डारी र आईसाईट फिजिकल च्यालेन्जमा कमला रोकाले स्वर्ण पदक हात पारे ।
प्रतियोगिता शसक्त र शान्दार प्रदर्शन गर्ने ५४ वर्षिय पारेश्वर न्यौपाने उत्कृष्ट खेलाडी घोषित भए । यसैबिच प्रतियोगिता दाङ जिल्ला टेवल टेनिस सघका उपाध्यक्ष अरुण लहरेको अध्यक्षता तथा टि.टि.फो नेपालका कोर्डिनेटर दिपक केसिको प्रमुख आतिथ्य एवं नेपाल पारा टेवल टेनिस सघका कोषाध्यक्ष सुशील गौतमको बिशिस्ट आतिथ्यमा भएको थियो ।

प्रकाशित मिति : २०७६ बैशाख २३ गते सोमवार
प्रतिक्रिया