मानव अधिकार मेडिकल ईथिक्स सम्वन्धि अभिमुखीकरण

बैशाख २०, २०७६  

तुलसीपुर, २० बैशाख ।
तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाको आयोजनामा तुलसीपुरनगर क्षेत्रका स्वास्थ्यकर्मीहरुलाई गुणस्तरिय स्वास्थ्य सेवा सम्वन्धि अभिम्ुखीकरण दिईएको छ । विशेष गरी एचआईभि तथा टिवी संग सम्वन्धित विरामी हरुलाई कस्तो किसिमको सेवा प्रवाह गर्ने , स्वास्थ्य कर्मीले विरामीलाई कस्तो व्यवहार गर्ने ,कसरी गुणस्तरिय र प्रभावकारी तथा छिटो छरीतो सेवा दिने भन्ने विषयमा अभिमुखिकरण गरिएको थियो ।
त्यस्तैगरी स्वास्थ्य कर्मीले स्वास्थ्य सेवाको रुपमा प्रवाह गर्नु पर्ने नागरिकका मौलिक हक अधिकार ,गोपनियता , सुचनाको हकलाई ख्याल गरेर यथाशिघ्र गुणस्तरिय स्वास्थ्य प्रवाहमा मुस्कान सहितको सेवामा जोड दिनु पर्ने कुरामा जानकारी गराईएको थियो ।
स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर गोकर्ण दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नगर स्वास्थ्य समितिका संयोजक राजु आचार्य र प्रमुख प्रशासकिय अधिकृत आनन्द सारु लगाएतले बोल्नु भएको थियो । स्वास्थ्य शाखाका वसन्त कुमार आचार्यको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रममा डा गोकर्ण दाहाल , ब्च्त् संयोजक लेक प्रसाद शर्माले प्रशिक्षण दिएका थिए भने कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक विमल केसीले गरेका थिए ।

Advertisement

प्रतिक्रिया दिनुहोस