थाइल्यान्डका राजाले आफ्नै अंगरक्षकलाई गरे विहे

बैशाख १९, २०७६  

एजेन्सी

Advertisement

काठमाडौं । थाइल्यान्डका ६६ वर्षीय राजा महा बाजिरालंकर्नले आफ्नै अंगरक्षकसँग विवाह गरेका छन् । उनले ती अंगरक्षकलाई विवाह गरी रानीको मान्यता पनि दिलाएका छन् ।

अंगरक्षक सुथिडा बाजिरालंकर्न ना आयुध्यासँग राजा बाजिरालंकर्नको यो चौथो विवाह हो । उनी सन २०१६ मा राजा बनेका थिए । उनका यसअघिका तीन ओटा विवाह सम्बन्ध बिच्छेदमा टुंगिएको थियो । उनका सात छोरा छोरी छन् ।

 

थाइल्यान्डको राज परिवारद्वारा विवाहबारे जारी विज्ञप्तीमा भनिएको छ, ‘अंगरक्षक सुथिडा बाजिरालंकर्न ना आयुध्यालाई राजपरिवारको सदस्यको रुपमा बढुवा गरिएको छ । साथै सुथिडा रानी बन्न सक्षम भएकाले उनलाई त्यो अधिकार प्रदान गरिएको छ ।’

सुथिडा र बाजिरालंकर्नबीचको प्रेम सम्बन्धबारे यसअघि पनि हल्ला चलेको थियो । तर यस विषयमा कसैले बोलेका थिएनन् ।


प्रतिक्रिया दिनुहोस