परिवार नियोजन तथा महिला स्वास्थ्य सम्वन्धी अभिमुखीकरण

बैशाख १५, २०७६  

तुलसीपुर, १५ बैशाख । तुलसीपुर ७ का महिला स्वास्थ्य स्वंयम सेविकाहरुलाई परिवार नियोजन तथा महिला स्वास्थ्य सम्वन्धी जानकारी दिईएको छ । तुलसीपुर ७ नगर स्वास्थ्य केन्द्र पर्सेनीमा आईतवार आयोजना गरिएको कार्यक्रममा परिवार नियोजन, पाठेघर, महिला स्वास्थ्य स्वंयम सेविकाले गाउँघरमा दिने सेवा प्रवाह र महिला तथा बालबालिकाको स्वास्थ्य सम्वन्धी जानकारी दिईएको थियो ।
मेरी स्टोप कार्यालय तुलसीपुरका संयोजक सुसील खनालले मेरी स्टोप सम्वन्धी जानकारी दिदै परिवार नियोजन, अस्थायी,स्थायी साधनको बारेमा प्रकास पारेका थिए । नगरस्वास्थ्य केन्द्र पर्सेनीका प्रमुख हरि कुमारी डिसीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा महिला स्वास्थ्य स्वंयम सेविकाहरु राधा न्यौपाने, पवित्रा शर्मा, बसन्ता सापकोटा र ललिता कंडेलले आ— आफना जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस