तुलसीपुरमा १८ जनालाई ह्वील चियर वितरण गरिने

तुलसीपुर, १२ बैशाख । अपाङग समाज सुधार केन्द्र तुलसीपुरको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको सहयोग र राष्टिय अपाङग पुनस्थापना केन्द्रको प्राविधिक सहयोगमा विहिवार तुलसीपुरमा ह्वील चियर नापजाँच कार्याक्रम सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष हुमाकान्त कडेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगर महिला तथा बालबालिका कार्यालय प्रमुख सिता अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा १८ जना अपाङगता भएका व्यक्तिहरुको नापजाँच गरी उनीहरुलाई ह्वील चियरका लागी छनोट गरीएको केन्द्रका महासचिव दोलक बहादुर खत्रीले जानकारी दिएका छन् । उनीहरुलाई जेठ पहिलो सातामा ह्वील चियर वितरण गरिने भएको छ ।कार्यक्रममा राष्टिय अपाङग पुनस्थापना केन्द्रका जंग बहादुर डाँगीले कार्यक्रमको बारेमा प्रकास पारेका थिए ।

प्रकाशित मिति : २०७६ बैशाख १२ गते बिहिवार
प्रतिक्रिया