भिरबाट लडेर आमाछोराको मुत्यु

जुम्ला , १२ बैशाख । जुम्ला जिल्लाको तातोपानी गाउँपालिका –७ ताम्ति गाउँमा भीरबाट लडेर आमा र छोराको ज्यान गएको छ । ३२ वर्षीया लक्ष्मी रावत र उनका एक वर्षीय छोरा सुभाष राउतको भीरबाट लडेर ज्यान गएको प्रहरीले बताएको छ ।जंगलमा गाईबस्तु चराउन गएको बेला भीरबाट लडेर उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक प्रकाश केसीका अनुसार भीरबाट लड्दा आमा र छोराको घटनास्थलमा नै ज्यान गएको हो ।उनीहरुको शवलाई पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल र्पुयाइएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख १२ गते बिहिवार
प्रतिक्रिया