सरस्वती सामुदायिक बनमा आगलागि

तुलसीपुर,६ बैशाख ।

शान्तिनगर गाउँपालिका वडा नम्बर ४ स्थित सरस्वती सामुदायिक बनमा आज बिहान आगलागी भएको छ । आगलागी भएको सूचना पाउने बितिक्कै प्रहरी चौकी चिराघाट बाट प्रहरी सहायक निरीक्षक शेर बहादुर थापाको नेतृत्वमा खटिएको ६ जना प्रहरी टोलि र सुन्दर सामुदायिक बनका अध्यक्ष बालाराम पौडेल,गाउपालीकाका प्रेस संयोजक निरास पाण्डे लगायतको सक्रियतामा आगो नियन्त्रणमा आएको छ । झण्डै एक विगाह क्षेत्रफलमा आगलागि भएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख ६ गते शुक्रवार
प्रतिक्रिया