उर्मिलाद्वारा जिवनरक्षाका लागी सहयोगको याचना

तुलसीपुर, २ बैशाख ।तुलसीपुर ६ सुन्दरनगर टोल निवासी ३४ वर्षिया उर्मिला विकले उपचारका लागी आर्थिक सहयोग गरिदिन सवैमा याचना गरेकी छिन् । विगत ७ वर्ष देखी आफु ब्रेन ट्युमरबाट पिडित भएको भन्दै उपचारका लागी सहयोग गरिदिन उनले सवैमा अपिल गरेकी हुन् । लामो समय देखी उपचार गर्दा हाल सम्म घरको सवै आर्थिक तथा सम्पत्ती समेत सकिएको भन्दै अहिले उपचारमा समस्या भएको उनले बताएकी छिन् ।

उनको दिमागमा मासु पलाएको हुदा अप्रेसन् गर्नुपर्ने डाँक्टरले बताएको उनको भनाई छ । अझै ७÷८ लाख रुपैया खर्च लाग्ने अस्पतालले बताएको भन्दै सक्दो सहयोग गरिदिन अपिल गरेकी छिन् । उनको अहिले भारतको चन्डीगढ विजी आई अस्पतालमा उपचार भईरहेको छ ।उनको चार जनाको परिवार भएकाले अहिले आर्थिक समस्या परेको छ । उनलाई सहयोग गर्न चाहानेले ९८०६२१४२३० र ९८६१४१६१५७ मा सम्पर्क गर्न सकिनेछ । यस्तै राष्टिय बाणिज्य बैकंमा रहेको खाता नम्वर ४१६००२०९०९१० मा जम्मा गर्न सकिनेछ ।

उहासंग गरिएको कुराकानी सुन्नलाई यस लिंकमा क्लिक गर्नुहोला ।

प्रकाशित मिति : २०७६ बैशाख २ गते सोमवार
प्रतिक्रिया