जाजरकोटका स्थानीयबासी बर्षौ देखि तुइनको भरमा

 

बद्री पन्त
जाजरकोट १ बैशाख /प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो कार्यकालमा दुई बर्षभित्र तुइन विस्थापन गर्ने घोषणा गर्नु भएको थियो २०७२ असोजमा प्रधानमन्त्रीको कार्यभार सम्हालेलगत्तै ओलीले गरेको पहिलो निर्णय थियो यो । आर्थिक बर्ष २०७२÷०७३ को बजेट भाषणमा पनि तुइन विस्थापन गर्ने घोषणा गरिएको थियो । तीन बर्ष वित्यो तर तुइन भने अझैं विस्थापन भइसकेका छैनन् । दुर्गम पहाडि जिल्ला जाजरकोटको विकट बस्तीमा अहिले पनि तुइनमा झुन्डिएर स्थानीयले नदी वारपार गर्नुपर्ने बाध्यता रहेको छ ।
नलगाड नगरपालिका १, ठुलाबगरकी ४१ बर्षिया हस्तकला घर्ती घरबाट दैनिक दिन तरकारी बिक्री गर्न रिम्नाबाजार जान्छिन् । वजार जानलाई सहज बाटो छैन । उनी केवल जान्छिन छ ठुली भेरी नदीको तुइनमा जोखिम मोलेर । यो उनको दैनिकी हो । त्यस्तै गरी सोही ठाउकी गोलाबी पुन, पठबीर पुन, टबबहादुर घर्तीअमर पुन लगायत स्थानीय तुईनको भरमा नदी वारपार गरी बजार आउजाउ गर्न वाध्य छन् । ठुलाबगरका स्थानीयका लागि सदरमुकाम खलंगा तथा स्थानीय बजार पुग्न जोखिमपूर्ण तुइन नचढी सुक्कै छैन ।

उनीहरु मात्र हैन । बर्षौदेखि सयौं स्थानीय तुईनबाटै जोखिम मोलेर भेरी नदी वारपार गर्दै आएका छन् । स्कुले बालबालिका, बृद्धबृद्धा लगायतलाई तुईनकै भरमा नदी वारपार गर्नु परेको छ । ठुलाबगर, खर्चा, दम्सीला, भित्रखोला, ओडारा, पाली लगायत गाउका १ सय घरपरिवार स्थानीय प्रविधीबाट निर्मित तुईनकै भर वारपार गर्न वाध्य भएको छ भने शिक्षक र विद्यार्थीहरु पनि यसैगरी तुइनबाटै नदी वारपार गर्नुपर्ने बाध्यता भएको सिर्जना आधारभुत विद्यालय आठवीसकोट १४ का शिक्षक ज्ञानबहादुर घर्तीले बताउनु भयो ।

स्थानीय बासिन्दालाई आवतजावत गर्न नलगाड नगरपालिका १, माउरे ठुलाबगर र पश्चिमरुकुमको आठबीसकोट नगरपालिका १४, छोटेतरा विच भेरी नदीको तुईनको विकल्प छैन । नदीमा झोलुंगे पुल नहु“दा र अन्य स्थानबाट पनि आवजावत गर्ने बाटो नहु“दा बर्षौदेखि यहाँका बासिन्दा तुईनको जोखिमपूर्ण यात्रा गर्न वाध्य भएका हुन् । त्यस्तै पश्मिरुकुमको पिपलचौर, छोटेतरा, छेपारे, चाख्लेमेला लगायत ठाउका बासिन्दा पनि उक्त तुईनको सहयोगले भेरी नदी वारपार गर्दै आएका छन् । स्थानीय प्रविधीबाट काठले बनेको ढुंग्रोमा बसी फलामको डोरीमा झुण्डिएर एक सय मीटर चौडा भेरी नदी वारपार गर्ने गरेको स्थानीयको भनाइ छ । तुईन तरेरै जिन्दगी वित्न थालेको स्थानीयको भनाइ छ । पुल बनाइदिन विभिन्न निकायसंग आग्रह गर्दा पनि कसैले नसुनेको स्थानीयको गुनासो छ । पुल भएको स्थानसम्म पुग्न डेड् घण्टासमय लाग्छ । त्यो पनि जोखिमपुर्ण भीरको बाटो छ । उक्त अप्ठेरो बाटोबाट लडेर कतीको ज्यान समेत गैसकेको छ । अप्ठेरो बाटोबाट लडेर ज्यान गुमाउनु भन्दा जोखिमपूर्ण तुईनकै सहायता लिनु जाति छ स्थानीयलाई ।

बर्षौदेखि एउटै तुइनको सहायताले नदी वारपार गर्दै आएका छन स्थानीय । ३०÷४० बर्ष अघिसम्म नदी वारपार गर्दा चिन्डा र ढुंगा(नाउ) को प्रयोगमा थियो । चिन्डा र ढुंगाको माध्यमले वारपार गर्ने क्रममा नदी बगेर ३ जनाले समेत ज्यान गुमाउनु परेको थियो । तत्कालिन जिल्ला विकास समितिसंग फालामे लठ्ठा माग गरेर तुईन बनाएको स्थानीय बिरबहादुर पुनले जानकारी दिनु भयो । भेरी नदी आउजाउ गर्न स्थानीयलाई धेरै दुःख छ, विभिन्न निकायहरुमा पुल बनाउन माग गरेपनि कतैबाट सुनुवाइ नभएको पुनले बताउनु भयो ।
२० बर्ष अघि बनेको उक्त तुईनकै भर दैनिक उपभोग्य बस्तुको आपुर्ती गर्न, औषधी उपचार गर्न र अन्य कामकाजका सदरमुकाम खलंगा आवतजावत गर्नुको विकल्प नै छैन । भेरी नदीमा पुल बनाई दिन विभिन्न निकायमा पटक पटक आग्रह गरेपनि राजनितिक पहु“च नहु“दा सम्बन्धित निकायको ध्यान नपुगेको ठुलाबगरबासीको गुनासो छ । विकासे कार्यकर्ता र राजनिति दलका स्थानीय नेता यसै तुईनको सहायताले नदी वारपार गर्छन् । चुनाव आउदा नेताले हामी पुल निर्माणका लागि पहल गर्छौ भनेर जान्छन तर जितेर गएपछि फर्केर नआउने गरेको स्थानीयले बताएका छन । बर्षौ वित्यो तर पुल निर्माण हुन सकेको छैन् । तुईनबाट वारपार गर्ने क्रममा मोबाईल, विद्यार्थीका किताब, खाद्य सामाग्री नदीमा खस्ने गरेको छ ।
उता नलगाड नगरपालिकाको २ स्थानमा तुईन सन्चालनमा रहेको नगरप्रमुख टेकबहादुर रमवलले बताउनु भएको छ । वडा नं. १ को ठुलाबगर र वडा नं.८ मैदे मालुवातरामा तुईन संचालनमा छन् । पुल बनाउन नगरको बजेटले नभ्याउने हुदा संघीय सरकारसंग माग गरेपनि अहिसम्म कुनै सुनुवाई नभएको नगरले जनाएको छ । तुइनको पोल, घिर्नी र मान्छे बस्ने ढुवांग्रो काठबाट बनेकोले झन जोखिम भएको छ । बर्षेनी उक्त काठ बदल्ने र मर्मत खर्च स्थानीयबाट चन्दा उठाएर जुटाउने गरेका छन । यस बर्ष १० हजार खर्चेर तुईन मर्मत गरिएको छ ।
प्रधामन्त्री केपी शर्मा वलीले दुई बर्षमा देशभरका तुईन विस्थापन गर्ने भने पनि हालसम्म उक्त भनाई पुरा नभएको स्थानीयले बताए । अघि जनजाति र दलितको बाहुल्यता रहेको ठुलाबगर लगायत गाउका बासिन्दाको पुलद्वारा नदी वारावार गर्ने धोको कल्पानामा सिमिति भएको छ । कडा चट्टान भएको निउमा जाजरकोट – डोल्पा मोटर बाटो पनि रुकुमको भुभागबाट निर्माण हुँदा झन स्थानीय मर्का परेका छन ।

प्रकाशित मिति : २०७६ बैशाख १ गते आइतवार
प्रतिक्रिया