‘भष्ट्राचारले खोक्राएको देश नेपाल’

बैशाख ०१, २०७६  

संगित अधिकारी,घोराही दाङ ।

Advertisement

नेपालका कैयौं संघसंस्थामा आजभोलि भ्रष्टाचार बढिराखेको छ । विश्वभरको तथ्यांक हेर्ने हो भनेपनि नेपाल माथिललो दजर्नामा नै छ । नातावाद र कृपावादले जरा नगाडेको ठाउँ भेटाउन अचम्म मानिन्छ यहाँ । सुशासनको अभाव, पारदर्शिताको अभा, कडा नीति नियमको अभाव, दलाल र माफियाको बृद्धिको कारण आज नेपाल भ्रष्टाचारीको दलदलमा परि भाँसिने अवस्थामा छ । काममा ढिलासुस्ती, पदको दुरुपयोग, अशिक्षा, गरिबी, कुसंस्कार, कालोबजारी यिी कुतत्वहरुको कारण पनि भ्रष्टाचार मौलाउँदै गईरहेको छ ।

सामान्यता नेपालमा अहिले राजनीतिक दल वा त्यसका भातृसंगठनको नाममा चन्दा आतंकले पनि भ्रष्टाचारमा टेवा पु¥याइरहेको छ । हामीले हाम्रा बालबालिकालाई घरमा नै भ्रष्टाचारी बन्न सिकाइराखेका छौं । दैनिक जसो नै हामी सर्वसाधारणले भ्रष्टाचार गर्न अरुलाई मद्दत गराईराखेका छौं । आज तपाई जुनसुकै सरकारी कार्यालयमा जानुभयो र कार्य सम्पादन सजिलैसँग सम्पादन गराउन खोज्नुभयो भने त्यो काम पुरा हुन एक महिना लाग्छ तर टेबुल मुनिबाट काम गरेपछि एकैछिनमा काम सकिन्छ ।

Advertisement

यो देखेको भोगेको सत्य कहानी नै हो । यस कुरालाई गहनरुपमा लिन सकेको भए हामी कहाँ पुग्थ्यौं त्यसको परिकल्पना नगरे हुन्छ । सामान्य उदाहरणका लागि कुनै सर्वसाधारण विद्युत महशुल, खानेपानी महशुल बुझाउँन जाँदा मानौं पाँच सय बाइस (रु. ५२२) आयो भने हामीले पाँच सय पच्चीस (रु. ५२५) दिएर खुलेआम भ्रष्टाचार गरिरहेका हुन्छौं । कतै हामी आम सर्वसाधारण अचेत भएर त भ्रष्टाचार बढेको त होइन भने अब आम मानिसले एकपटक विचार गर्नुपर्छ ।

यसरी कैयौं स्थानमा भ्रष्टाचार भइरहेको छ । भ्रष्टाचार नभएको ठाउँ खोज्न धेरै गाह्रो नै भइसकेको छ । वास्तवमा गलत आचरण हुनु नै भ्रष्टाचार हो । असभ्यताको संकेत हो भ्रष्टाचार । अशान्ति, हिंसा र द्वन्द्वको कारक हो भ्रष्टाचार । आज भ्रष्ट व्यक्तिकै कारण नेपाल बाहिर जति मोटो देखिएपनि भित्रभित्र खोक्रो हुँदैछ । कति नारा लागे, कति आवाज उठे । यसका विरुद्ध तर यो फोहोरी खेल गर्ने, लम्पटहरु अझै व्युझिएका छैनन् । घुसियाहरुलाई वास्तवमा कालोमोसो र जुक्ताको माला लगाएर नघुमाउँदासम्म उनीहरुको बानी हट्नेवाला छैन । अािर्थक चलखेल राजनीतिक दबाब राजनीतिक पालनपोषणकै कारण पनि घुस लेनदेन बढिराखेको छ ।

एउटा आदर्श व्यक्ति, इमान्दार व्यक्तिले कुनै क्षेत्रमा नाम दाम नपाउनु पनि यही कारण हो । घुस लिने र दिने दुबै देशका शत्रु हुन् भन्ने कुराको बोध अझैसम्म कसैलाई नहुनु कहाँसम्मको लाचार पारा होला । भ्रष्टाचारको नियन्त्रण गर्ने संवैधानिक अंग अख्तियार दुरुपयोग अनुसन्धान आयोग आज कसरी आफ्ना प्रयासहरुलाई अगाडी बढाइरहेको छ । यो बुझ्न जरुरी छ । आज भ्रष्टाचारविरुद्ध काम गर्ने संघसंस्थाहरु किन आफ्ना गतिविधिलाई पूर्णरुपमा अघि नबढाईराखेका होलान् । लोकतन्त्रको नाममा लुटतन्त्र र मनपरितन्त्रको थालनी भएको त होइन । पशुपति शर्माले निकालेको गित लुट्नसके लुट कान्छा नेपालमै हो छुट भन्ने गीतले नै दर्शाउँछ नेपालको विद्यमान परिस्थिति ।
आज हाम्रो समाजमा युवाहरु विदेशिनेको ताँती नै छ । देश बनाउने युवाहरुलाई विदेशिन वाध्य बनाएर उनीहरुको श्रमले आएको रेमिट्यान्सबाट देश चलाउन खोज्नु कति सम्मको लज्जास्पद कुरा हो । दलाली, कालोबजारीले आज गर्दा देश संकटमा पर्ने अवस्था छ । जता पुग्यो त्यता भ्रष्टाचार । नेपालमा पारदर्शिताको आवश्यक छ । शुसासनको आवश्यक छ । नातावाद र कृपावादको साटो दक्ष मान्छेको खाँचो छ । पैसाको मात्र भ्रष्टाचार होइन यहाँ त पदको भ्रष्टाचार पैसाको भ्रष्टाचार अनेकथरी नामले चिनिने भ्रष्टाचारहरु छन् । भ्रष्टाचारलाई भ्रष्ट तीन, भ्रष्ट दुई, भ्रष्ट एक अन्त्यमा भ्रष्ट शुन्य देश हुने समय कहिले आउँला ।

एउटा समृद्ध मुलुक बनाउन देशमा शान्ति सुरक्षा कायम गर्न, देशमा कायापलट ल्याउन नागरिक समाज, संघसंस्था, जनप्रतिनिधिले खेल्ने भूमिकामा नै भरपर्छ । देशमा मौलाएको गलत प्रवृत्ति, जरा गाडेर रहेको सामाजिक समस्या भ्रष्टाचारलाई शुन्य बनाउन सम्पूर्ण नागरिकको पनि कर्तव्य हो । भ्रष्टाचार शुन्य हुनुको तात्पर्य महंगो कम हुनु, कालोबजारी शुन्य हुनु । देशले प्रगति गर्नुको संकेत । सरकारी कर्मचारीहरुलाई मुस्कान सहितको सेवाको शुरुवात गर्नुपर्छ ।

आज हामी धेरै ठाउँ चुक्यौं यसको कारण भ्रष्टाचार बन्यो । भ्रष्टाचार हुनुका कारण र यसको असरहरुको बारेमा जनचेतना फैलाउन जरुरी छ । चेतनास्तरको कमी, देशमा नभएको कडा शासनका कारण पनि मानिसहरु लिप्त भइरहेका छन् । भ्रष्टाचारको न्युनिकरणक गर्नु हामी सबैको कर्तव्य हो । देश विकासको बाधक पनि हो भ्रष्टाचार । यसले देशलाई अधोगति तिर अवस्य पनि ढकेलिरहेको छ । तसर्थ यसको न्यूनीकरण र भ्रष्ट शुन्य मुलुक बनाउनु भनेको एउटा शान्त, सभ्य, विकसित मुलुक बनाउनु हो ।

प्रतिक्रिया दिनुहोस