आज नगर जेसिज सांस्कृतिक कार्यक्रम

बैशाख ०१, २०७६  

तुलसीपुर, १ बैशाख  ।
तुलसीपुर नगर जेसिजले आज सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । नयाँ बर्षको अवसरमा आयोजना गरेको कार्यक्रमको तयारी पूरा भएको तुलसीपुर नगर जेसिसका अध्यक्ष मेघराज घिमिरेले बताएका छन । तुलसीपुरको अरणीको मैदानमा हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुती राख्ने अध्यक्ष घिमिरेले बताए ।

Advertisement

उनका अनुसार लोकगायक कुलेन्द्र बिश्वकर्मा, सन्दिप न्यौपाने, कमल खत्री, अंकित न्यौपाने लगायतका कलाकारहरुले प्रस्तुती दिने छन ।आज हुने कार्यक्रममा सहभागिताका लागि सबैलाई अनुरोध पनि गरिएको छ । कार्यक्रमबाट उठेको केहि रकम अपाङ्गको क्षेत्रमा खर्च गरिने अध्यक्ष घिमिरेले बताएका छन ।


प्रतिक्रिया दिनुहोस