दाङका चार वन समूहलाई अग्निरोधक सामाग्री

दाङ, चैत २८ ।
वन डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय दाङले ८ लाख रुपैया बराबरको डढेलो नियन्त्रणमा प्रयोग गरिने अग्नि रोधक सामाग्री बितरण गरेको छ । दाङका चार वटा सामुदायिक वन समूहहरुलाई प्रति समूह करिव २ लाख रुपैया बराबरका १५ प्रकारमा उपकरण बितरण गरेको हो । घोराही उपमहानगरपालिकाको सुनपुर, शान्तिनगर गाउँपालिकाका बाघमारे,सरस्वती र सुन्दर सामुदायिक वन समूहलाई अग्निरोधक सामाग्री बितरण गरिएको हो ।  घोराहीमा एक कार्यक्रम गरि डिभिजन वन कार्यालय दाङका डिभिजन वन अधिकृत शिव सापकोटाले वन समूूहका अध्यक्षहरुलाई सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

वनमा डढेलो लाग्यो भने निभाउन प्रयोग गरिने स्वाटर,शोभेल,जम्प सुट,पानी टैकि सहितको स्प्रे,हेल्मेट,टर्च,बुट लगाएका बिभिन्न १५ प्रकारका ४७ प्रकारका सामान बितरण गरिएको थियो । वनमा डढेलो लागि हाले निभाउन यस्ता सामाग्री उपयोगी हुन डिभिजन वन अधिकृत सापकोटाले बताउनुु भयो । वन डढेलोको दृष्टीले दाङका वन क्षेत्र संवेदनसील मानिन्छ ।

हरेक बर्ष सयौ हेक्टर वन डढेलोले सखाप गर्ने गरेको छ । सहायक वन अधिकृत खिमबहादुर केसीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण माधव तिमल्सिनाले गर्नु भएको थियो । कार्यक्रममा सिमसार दिवसका अवसरमा आयोजित बक्तृत्व कला प्रतियोगितामा उत्कृष्ट हुने छात्रहरुलाई पुुरस्कार र प्रमाणपत्र बितरण गरिएको थियो ।

प्रकाशित मिति : २०७५ चैत्र २८ गते बिहिवार
प्रतिक्रिया