किसानले पाए निशुल्क रुपमा तरकारीको बीउ

चैत्र २६, २०७५

बुद्धि पुन, सल्यान २६ चैत ।
सल्यानको बागचौर नगरपालिकाले किसानहरुको लागी निशुल्क वीउ बितरण शुरु गरेको छ । बसन्ते सिजनमा लगाईने बिभिन्न तरकारीका वीउहरु किसानहरुलाई निशुल्क रुपमा बितरण गरेको हो । नगरपालिकाको कृषि शाखाले मौषम अनुसारको खेती गर्नका लागी किसानहरुलाई निशुल्क रुपमा बीउबितरण गर्दै आएको हो ।

अहिले पनि बसन्ते सिजनमा लगाईने तरकारीको वीउ बितरण गरिरहेको कृषि शाखा प्रमुख हनुमान यादवले बताउनुभयो । उहाँले किसानहरुलाई काँक्रा,सिमी,बोडी,भिंन्डी, करेलाको बीउबितरण गरिरहेको बताउनुभयो । उहाँले अहिलेसम्म झण्डै ३सय बढी किसानहरुले बिभिन्न जातको तरकारीको वीउनिशुल्क रुपमा लिएको बताउनुभयो । नगरपालिकाले कृषिमा बिनियोजन गरेको बजेट मध्ये ५० हजार रुपैँया बाट उन्नत जातको तरकारीको वीउ खरिद गरेर बितरण गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस