सल्यानमा १५ प्रतिशत मात्र बजेट खर्च

बुद्धि पुन, सल्यान २४, चैत ।
सल्यानका स्थानियतहहरुमा जनप्रतिनिधिहरु आएपनि अपेक्षाकृत रुपमा बिकास निर्माणका कामहरुले तिव्रता पाउन सकेका छैनन् । बिकास निर्माणका कामहरु तिव्रताका साथ सञ्चालन गर्ने र जनताको अपेक्षा अनुसार कामगर्ने जनप्रतिनिधिहरुले बताएपनि सल्यानमा अपेक्षाकृत रुपमा बिकास निर्माणका कामहरु हुन सकेका छैनन् ।

चालु आर्थिक बर्षको ९ महिना बितिसक्दा पनि सल्यानमा १५ प्रतिशत मात्रै बजेट खर्च हुनुले जनप्रतिनिधिको ढिलासुस्ती र असारे बजेटले निरन्तरता पाउने देखिएको छ । अहिले यहाँका स्थानिय तहहरुले १२ देखि २३ प्रतिशतसम्म मात्र बजेट खर्च गर्न सकेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय सल्यानका अनुसार चालुआर्थिक वर्षको लागि सल्यानमा अख्तियारी भएको २ अर्व १८ करोड ७२ लाख ६८ हजार बजेट मध्ये हालसम्म ३२ करोड ८२ हला ३९ हजार ७ सय ४९ रुपैया मात्र खर्च भएकोछ ।

यसले गर्दा असारे बजेटले निरन्तरता पाउने देखिएको छ । दोस्रो चौमासिक सकिएको लामोसमय वितिसक्दा समेत जिल्लाका बागचौर नगरपालिका र कालिमाटी गाउँपालिकाले अहिलेसम्म प्रतिवदेन नबुझाएकोसुचना अधिकारी बुद्धिमान बस्नेतले बताउनुभयो ।

प्रकाशित मिति : २०७५ चैत्र २४ गते आइतवार
प्रतिक्रिया