किसानलाई नर्सरी बनाउने तालिम

शरद रेग्मी
तुलसिपुर २३/ पश्चिम दाङको शान्तिनगर गाउपालिकामा नर्सरी तालिमको समापन गरिएको छ । तालिम समापनको अबसरमा बोल्ने बक्ताहरुले कृषिको माग दिनानुदिन बढदै गैरहेको भन्दै आधुनिक तरिकाबाट परिणाममुखि उत्पादनमा जोड दिनुपर्ने बेला आएको बताएका थिए । उनिहरुले जमिन, हावापानि र मौसमको पहिचान गरेर ब्यबसायिक खेतिको सुरुवात गाउगाउँ बाट सुरु गर्नुपर्नेमा जोड दिएका थिए ।सनिवार एक कार्यक्रमका बिच वडा नम्बर सातको आयोजनामा खैरेनिमा भएको तालिम समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष पिमलाल वलिले नर्सरी तालिममा सिकेका कुराहरुलाई किसानहरुले ब्यबहारमा उतारेर उत्पादनमुखि काममा लाग्नुपर्ने सुझाव दिनुभयो ।

तालिम समापनका अबसरमा विशेष अतिथि रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मीले गाउँ गाउमा आधुनिक कृषि पेशालाई फैलाउनुपर्ने बताउनुभयो ।
सो अबसरमा कृषि प्रशिक्षकका रुपमा सहभागी तेज प्रसाद शर्माले कृषकहरुलाई कसरी बढि उत्पादन र प्रबिधिको प्रयोग गर्ने भन्नेबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा वडा सदस्यहरु दुर्गा बिक, बुद्धिराज चौधरि, प्रशिक्षकहरु ललिता केसि र ओपेन्द्र बहादुर वलिले आ आफ्ना भनाइ हरु राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण वडा सचिब ज्ञानबहादुर परियारले गर्नुभएको थियोे ।

प्रकाशित मिति : २०७५ चैत्र २३ गते शनिवार
प्रतिक्रिया