तुलसीपुर ७ को युवा क्लवको अध्यक्ष केसी

तुलसीपुर,२३ चैत ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ मा शुक्रवार वडा स्तरिय युवा क्लव गठन गरिएको छ । संमृद्ध नेपाल निर्माणका लागि स्वस्थ कर्मठ र उद्यमि युवा नमुना युवा सांसदको स्थापना र अभ्यास कार्यक्रम अन्तर्गत वडा स्तरिय युवा क्लव गठन गरिएको हो ।

नमुना युवा सांसदको अभ्यास स्वरुप युवा तथा खेलकुद मन्त्रालयले पारित गरेको युवा सांसद संचालन कार्यविधि अनुसार वडा नम्वर ७ मा वडा स्तरिय युवा क्लव गठन गरिएको हो । तुलसीपुर उपमहानगरपालिका र जिल्ला युवा समितिको आयोजनामा भएको युवाहरुको भेलाले सन्तोष केसीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा बिन्दु राई, सचिवमा नवराज घिमिरे, कोषाध्यक्षमा बिवेक खनाल रहनु भएको छ ।

त्यसैगरि सदस्यहरुमा सुरेन्द्र वुढा, प्रमिला केसी, सुस्मीता नेपाली, अंकित खडका, समृद्धि भण्डारि, कुशुम पराजुलि, मिलन भुषाल, रविन्द्र सिङ पुन मगर, मनिष भुसाल, दुर्गा पराजुलि र कुशुम भषाल रहनु भएको छ । वडा सदस्य राम बहादुर जिसीको अध्यक्षता तथा जिल्ला युवा समितिका अध्यक्ष शुरेस रावतको प्रमुख आतित्थ्यतामा भेला भएको थियो ।

सो अवसरमा वडा सदस्य शारदा सुनार, नेपाली काग्रेसका रेशम बहादुर वलि ,नेकपाका भुवन भुसाल, कुल प्रसाद कालाथोकि, हेल्पीङ हेन्डसका शालिकराम न्यौपाने, पदम केसी, प्रवेशिका गौतम लगाएतकाले बोल्नु भएको थियो ।

प्रकाशित मिति : २०७५ चैत्र २३ गते शनिवार
प्रतिक्रिया