शैक्षिक सुधारका लागि सर्वपक्षीय बैठक

चैत्र २१, २०७५  

तुलसीपुर २१ चैत । तुलसीपुर वडा नम्वर ३ मा रहेको प्राथमिक विद्यालय रानागाउँको शैक्षिक सुधारका लागि सर्वपक्षीय बैठक विहिवार रानागाउँमा सम्पन्न भएको छ । विद्यालय सुधार कार्यदलका संयोजक झबिलाल घिमिरेको अध्यक्षता एवं वडा अध्यक्ष बिजय वि.कको प्रमुख आतिथ्यतामा बैठक बसेको हो ।
बैठकमा बोल्दै अध्यक्ष वि.कले विद्यार्थी संख्या बढाउन सबैले पहल गर्नुपर्ने बताएका थिए । साथै उनले बिद्यार्थी संख्या बढेमा आफ्नो तर्फबाट शिक्षक राख्ने देखि बिद्यार्थीको पोशाक खरिद गरि दिने प्रतिबद्धता व्यक्त गरेका छन ।सो अबसरमा विद्यालयको तर्फबाट प्रधानाध्यापक खगेन्द्र खरेलले विद्यालयको शैक्षिक अवस्था,भौतिक पुर्वाधार र बिद्यार्थी संख्या न्यून हुनुका कारण सहित आगामि दिनहरुमा विद्यालयले अवलम्बन गर्नुपर्ने भावी योजना सहितको प्रतिवद्धता पत्र प्रस्तुत गरेका थिए ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमलाल महतरा,पुर्व अध्यक्ष द्धय शुरविर ओलि,लोकमणि पाण्डे,समाजसेवी युवराज वुढाथोकि, चुरामणि ओलि, बालकृष्ण पुन, डिल्ली बहादुर महतरा लोग बहादुर ओलि मन बहादुर ओलि, पुर्व बिद्यार्थीहरु चेतमान सेजुवाल र टेकराज के.सि लगायतले सुझाव सहित आफ्ना भनाई राखेका थिए ।यसैबिच विद्यालयले शुक्रवार देखी बिद्यार्थी भर्ना अभियान शुरु गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस