गाउँपालिकामा पशुलाई निशुल्क पिपिआर खोप सेवा दिईने

चैत्र २१, २०७५  

शान्तीनगर, २१ चैत ।शान्तिनगर गाउँ पालिका पशुसेवा शाखा चिराघाटले गाउपालिकाका सात वटै वडाहरुमा यहि चैत्र २४ गते देखी भेडा बाख्रामा लाग्ने खोरेत भ्यागुते रोग बिरुद्ध निशुल्क पिपिआर खोप सेवा शिविरको आयोजना गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष कमानसिङ डाङ्गीका अनुसार वडा नम्बर १ मा २४ गते , २ मा २५ गते , ३ मा २७ गते, ४ मा २६ गते, ५ मा २९ गते, ६ मा २८ गते र ७ मा २९ गते शिविरको आयोजना गरिने भएको छ ।
साथै गाउँपालिकाले यस अघि पशुमा कृतिम गर्भाधारण सुरु गरिसकेको पशुसेवा शाखा चिराघाट्का प्रमुख देबराज आचार्यले जानकारी दिएका छन् । साथै पशुशाखाले उक्त शिविरमा पशुलाई लिएर निशुल्क सेवा लिन गाउपालिकाका सवै किसानहरुलाई आग्रह गरेको गाउँपालिकाका प्रेस संयोजक निरास पाण्डेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस