आज सहकारी दिवस मनाइँदै,सहकारीको सङ्ख्या घटाउने र गाभ्ने योजना

तुलसीपुर,२० चैत ।

आज सहकारी दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ । सरकारले सहकारी मार्फत मुलुकलाई समृद्ध बनाउने योजना अघि सारेको छ । ६२ औं राष्ट्रिय सहकारी दिवस मनाइरहँदा भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहकारीको सङ्ख्या घटाउने र गाभ्ने योजना ल्याएको छ । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले अब सहकारी गाउँ केन्द्रीत भएर सम्बृद्ध बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले अहिले रहेका ३४ हजारभन्दा सहकारीलाई ५ वर्षमा आधामा झार्ने पनि बताउनुभयो ।

सहकारीलाई क्षेत्र विभाजन गरे उत्पादनमा लगाउने सरकारको तयारी छ । सरकारले अबको २ वर्षभित्र ७७ वटै जिल्लामा कृषी बजारको व्यवस्था पनि गर्ने भएको छ । किसानले कृषी बजार नपाउँदा कृषीजन्य उत्पादन खेर गइरहेको गुनासो गरिरहेका बेला सरकारले यस्तो बताएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अबको २ वर्षमा हरेक जिल्लामा कृषी बजारको व्यवस्था गर्ने तयारी सरकारले गरिरहेको जानकारी गराउनुभयो । सहकारी दिवसका अवसरमा हिजो सिंहदरबारमा गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजनालाई सहकारीसँग जोड्नुपर्ने बताउनुभयो ।

यता दाङमा पनि दिवश मनाइदै छ । आज तुलसीपुरमा र्यालि सहित कार्यक्रमको आयोजना गरिएको छ । दिवशको अवसरमा जिल्लाका विभिन्न स्थानमा कार्यक्रम सम्पन्न भएका छन ।

प्रकाशित मिति : २०७५ चैत्र २० गते बुधवार
प्रतिक्रिया