नँया बर्षकोे स्वागतमा तुलसीपुरमा सांस्कृतिक कार्यक्रम

तुलसीपुर,१४ चैत ।

नँया बर्ष २०७६ को अवसरमा तुलसीपुरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । द पार्क क्याफेको आयोजना तथा चलचित्र पत्रकार संघको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । आज तुलसीपुरमा पत्रकार सम्मेलन मार्फत कार्यक्रमको बारेमा जानकारी दिइएको छ । नँया बर्षमा अन्यत्र जाने दर्शकहरुलाई तुलसीपुरमै भरपुर मनोरञ्जन दिनका लागि कार्यक्रमको आयोजना गरिएको क्याफेका सञ्चालक राजेन्द्र महताराले जानकारी दिएका छन ।

चलचचित्र पत्रकार संघका अध्यक्ष धु्रवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक महताराले दाङकै कलाकारका साथमा मनोरञ्जन दिईने बताएका छन । चैत ३० गते साझ आयोजना गरिएको कार्यक्रममा चर्चित गायिका विन्दु परियार,गायक सन्दीप न्यौपाने,अंकित न्यौपानेको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

यसका साथै तुलसीपुरमा रहेको सल्यास ब्याण्डको पनि प्रस्तुति रहने छ । कार्यक्रममा प्रवेशका लागि पाच सय र दुई सयको टिकटको ब्यवस्था गरिएको आयोजाकले जनाएको छ । कार्यक्रमका बारेमा जानकारी दिनका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा मल्टी मिडिया प्रालिका अध्यक्ष संगित बस्याल,रिर्पोटस क्लवका अध्यक्ष शरद रेग्मी,पत्रकार नारायणि रजौरे लगायतले विभिन्न सल्लाह सुझाव राखेका थिए । चलचित्र पत्रकार संघका कोषाध्यक्ष शिव पुनको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब सन्तोष केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ चैत्र १४ गते बिहिवार
प्रतिक्रिया