पहाडी जिल्लामा आज फागु पर्व मनाइँदै

काठमाडौँ, ६ चैत ।

फाल्गुण शुक्ल पूर्णिमाका दिन आज राजधानी तथा मुलुकका पहाडी भेगमा मन मिलेकाबीच अबिर दलेर फागुु पर्व मनाइँदैछ । छोरा प्रह्लाद विष्णुभक्त भएको आक्रोशमा हिरण्यकश्यपुले आफ्नै बहिनी होलिकाको काखमा प्रह्लादलाई सुताएर आगोमा दहन गर्न खोजेका थिए तर प्रह्लाद सकुशल रहे भने होलिकाको मृत्यु भयो ।

यसै खुसियालीमा पौराणिक कालदेखि यो पर्व मनाइँदै आएको शास्त्रमा वर्णन गरिएको छ । तराई क्षेत्रमा भने भोलिपल्ट यो पर्व मनाउने प्रचलन छ ।

प्रकाशित मिति : २०७५ चैत्र ६ गते बुधवार
प्रतिक्रिया