तुलसीपुर उपमहानरले २१ मार्च मनाउने

तुलसीपुर, ५ चैत । तुलसीपुर उपमहानगरपालिकाले २१ मार्च अर्थात अन्र्तराष्टिय जातिय उत्पीडन विरुद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य अमर नेपाली माईकलको अध्यक्षतामा मंगलवार तुलसीपुरमा बसेको वैठकले यस्तो निर्णय गरेको छ ।बैठकले यहि चैत ७ गते अर्थात २१ मार्चका दिन तुलसीपुर उपमहानगर कार्यालय अगाडी रहेको पार्क क्याफेमा विहान साढे सात बजे होली पर्व मनाउने निर्णय गरेको छ ।
यस्तै ८ गते तुलसीपुर स्थित एकान्त होटेलमा जातिय भेदभाव तथा छुवाछुत सम्वन्धि भएको सवैधानिक व्यवस्था र त्यस सम्वन्धीका बनेका कानुन र देवानी सहिंता विषयक अन्र्तसम्वाद कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको दलित अधिकारकर्मी निर्मल नेपालीले जानकारी दिएका छन् ।
कार्यक्रममा सवैधानिक व्यवस्थाको सवालमा न्यायधिस र ऐन तथा देवानी सहिंताको बारेमा अधिबक्ताले जानकारी दिने कार्यक्रम तय भएको छ ।उक्त कार्यक्रममा ऐन कार्यन्वयन गर्नका लागी दाङका सरकारी कार्यालयका प्रमुखहरु, तुलसीपुर उपमहानगरकापालिका प्रमुख प्रशासकीय अधिकृत ,शाखा प्रमुख , १९ वटा वडाका वडा अध्यक्ष तथा दलित सदस्यहरु, प्रधानाध्यापक, उद्योगी, व्यापारी, अधिकारकर्मी, दलित
अधिकारकर्मी, राजनितिक दलका प्रतिनिधि, दलित सुमदाय र पत्रकारहरुको सहभागिता रहने अधिकारकर्मी नेपालीले जानकारी दिएका छन् ।बैठकमा दलित संघसंस्थाका प्रतिनिधि, दलित अधिकारकर्मीहरुको उपस्थिती रहेको थियो । बैठकको सहजीकरण महिला नेतृ तथा दलित अधिकारकर्मी युवा कराराले गरेकी थिईन् । साथै कार्यक्रममा सहभागी भईदिन आयोजकले सवैमा आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : २०७५ चैत्र ५ गते मङ्गलवार
प्रतिक्रिया