रुण्टीगढिमा नेकपाको टुङ्गो,बन्यो ५६ सदस्यीय कमिटी

भरत केसी ,होलेरी रोल्पा ५ चैत ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) रुन्टीगढी गाउँपालिका संगठन कमिटी रोल्पाको एकता टुङ्गोमा पुगेको छ । सोमबार होलेरीमा सपथ ग्रहण कार्यक्रमको आयोजना गरि आशाराम गुरुङको अध्यक्षतामा ५६ सदस्यीय कमिटी गठन गरि सपथ ग्रहण गराईएको हो । गुरुङको अध्यक्षतामा गठित कमिटीको सचिवमा ज्ञानु पुन, सदस्यमा अम्बर बहकरी,अर्जुन पुन,आसराम विक, ओमप्रकास पुन,कर्णध्वज चलाउने लगाएत ५६ जना रहनु भएको छ भने १९ जना पछि थप गरिने बताईएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) पार्टी एकता जिल्ला कार्यदलद्धारा आयोजित कार्यक्रममा जिल्लाकार्यदल सदस्य एवम् नेकपा ५नं प्रदेश सदस्य कुमार दशौदी,सुरेन्द्र थापा घर्ति,हरि प्रसाद घर्ति, नेकपा ५ नं प्रदेश सदस्य रिमा नेपाली,रुद्रमणी सुवेदी,गोविन्द पुन “नजर”को उपस्थितीमा कमिटीलाई सपथ ग्रहण गराईएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले लामो छलफल बहसपछि दुई शक्तिबिच दरिलो एकता भएकोले कसैले पनि एकतालाई गलत अथ्र्याउन नहुने बताएका थिए । देशको आवश्यकता र कम्युनिष्ट पार्टीको सरकार समृद्ध नेपाल अभियान सफल बनाउन अघि बढेको भन्दै त्यसको लागी एकता अपरिहार्य भएको जनाएका थिए । पूर्व एमाले र पूर्व माओवादी उच्चारण त्यागेर अब नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मात्र भएको बताउदै कार्यकर्ताहरुलाई नकारात्मक कुराबाट पाठ सिकेर सकारात्मक बाटोमा एकमत भएर हिड्न निर्देशन दिएका थिए ।

नेकपा प्रदेश ५ सदस्य एवम नेकपा एकता जिल्ला कार्यदल सदस्य सुरेन्द्र थापा घर्तिको अध्यक्षतामा भएको कार्यक्रममा रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढामगर,उपाध्यक्ष छमाया पुन, वडा नं १का वडा अध्यक्ष मिन बहादुर थापा, वडा नं ५ का अध्यक्ष याम बहादुर दशौदी , वडा नं ६ का अध्यक्ष एवम गाउँपालिका प्रवक्ता जगत बहादुर घर्ति, वडा नं ७ का अध्यक्ष जंग बहादुर घर्ति ,वडा नं ८ का अध्यक्षभिम बहादुर पुन ,वडा नं ९ का अध्यक्षनेप बहादुर थापा, त्रिवेणी गाउँपालिका नेकपा अध्यक्ष निम प्रसाद रोका लगाएत नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । कार्यदल सदस्य कुमार दशौदीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सञ्चालन कार्यदल सदस्य हरि प्रसाद घर्तिले गर्नुभएको थियो । लामो समयसम्म जिल्लाका स्थानिय तहमा रोकिएको एकता धमाधम हुन थालेका छन् भने जिल्ला कमिटीको टुङ्गो भने अझै लाग्न सकेको छैन ।

प्रकाशित मिति : २०७५ चैत्र ५ गते मङ्गलवार
प्रतिक्रिया