दाङका विकट वडालाइ एम्बुलेन्स उपहार

तुलसीपुर, १ चैत्र
तुलसीपुर उपमहानगरपालिकाले विकट वडालाई लक्षित गरेर एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । उपमहानगरपालिकाका सम्पूर्ण वडाहरुमा एम्वुलेन्स सञ्चालन गर्ने योजनामा रहेको उपमहानगरपालिकाले पहिलो चरणमा ३ वटा वडामा एम्वुलेन्स सञ्चालनमा ल्याएको छ । वडा नम्वर १, १३ र १९ मा सञ्चालनमा ल्याइने उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए । उनले उपमहानगरपालिकाका ८ वटा स्वास्थ्य चौकीहरुमा एम्वुलेन्स सेवा सञ्चालनका लागि पहल भइरहेको समेत वताए । विकट वडाहरु ४,७, ११,१५,१७ मा पनि एम्वुलेन्स सञ्चालनका लागि पहल भइरहेको डा. दाहालले वताए ।
उपमहानगरपालिकाले सञ्चालन गरेका एम्वुलेन्सहरुमा सुत्केरी महिला र ज्येष्ठ नागरीकहरुलाई ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको स्वास्थ्य महाशाखाका उपसंयोजक वसन्त आचार्यले वताए । एम्वुलेन्सहरुको सञ्चालन वडामा रहेको स्वास्थ्य चौकी व्यवस्थापन समितिे गर्ने पनि उपसंयोजक आचार्यले वताए । यसैविच मुख्यमन्त्री शंकर पोख्रेलले नगरप्रमुख घनश्याम पाण्डेले वडा नम्वर १ का वडाध्यक्ष लक्ष्मण भण्डारीलाई साँचो हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति : २०७५ चैत्र १ गते शुक्रवार
प्रतिक्रिया