एसईई दिने विद्यार्थिलाई राप्ती विद्यामन्दीरको विदाई

तुलसीपुर,२९ फागुन ।
राप्ती विद्यामन्दिर तुलसीपुरले एसईई दिने विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरी विदाई गरेको छ । शिक्षक हेम सागर सुवेदीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितीकी अध्यक्ष निर्मला डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा विदाई भएर जाने विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरीएको थियो । सो अवसरमा प्रधानाध्यापक दिपक कुमार डागी,छात्रा आविस्का रेग्मीले शुभकामना मन्तव्य राखेका थिए । छात्र प्रविण वलीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण कक्षा ९ कि छात्रा अनुसा विष्टले गरेको विद्यालयका लेखापाल लिलाराज न्यौपानेले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७५ फाल्गुन २९ गते बुधवार
प्रतिक्रिया