वडा नम्बर २ मा महिला दिवश मनाईयो

सुमन वली,तुलसीपुर २४ फागुन ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ र कारितास नेपालको आर्थिक सहयोगमा, वडा स्तरीय महिला सञ्जाल र बाल उत्थान तथा महिला सचेतना युवा क्लबको संयुक्त आयोजनामा आज तुलसीपुर २ को वडा कार्यालय परिसरमा १०९ औं अन्तरास्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ ।

महिला सञ्जालकि अध्यक्ष सुशीला रानाको अध्यक्षता तथा वडा अध्यक्ष राजु आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा वडा स्वास्थ्य चौकी निर्माणका लागि रू १५ लाख भन्दा बढीको जग्गा दान गर्नुभएकि ज्येष्ठ नागरिक धनकुमारी केसीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियोे ।

साथै कार्यक्रममा कुर्सी दौड, एकल गित र वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएकालाई प्रमाणपत्र वितरण गरिएको थियो भने झाँकि जुलुसमा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई नगद समेत प्रदान गरिएको थियोे । महिला सञ्जालकि सदस्य नुमा न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण भुमा वलीले गरेकि थिइन ।

प्रकाशित मिति : २०७५ फाल्गुन २४ गते शुक्रवार
प्रतिक्रिया