बर्दिया बन्यो प्रदेश ५ स्तरिय एथ्लेटिक्सको च्याम्पियन

लक्ष्मण बस्नेत, तुलसीपुर २३ फागुन ।
बर्दिया जिल्ला प्रदेश नं ५ स्तरिय एथ्लेटिक्स छनोट प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ । दाङ घोराहीको भरतपुर खेल मैदान फागुन २० देखी २३ गते सम्म संचालित प्रतियोगिताको महिला तथा पुरुष तर्फका २७ इभेन्टस्मा शानदार र शसक्त प्रर्दशन गरेको बर्दिया १५ स्वर्ण, ८ रजत, ९ कास्य पदक हात पार्दै प्रदेश नं ५ को च्याम्पियन बन्न सफल भएको हो ।

मध्यपश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति नेपालगंज र दाङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा दाङ ५ स्वर्ण, ९ रजत र ९ कास्य पदक हात पार्दै द्धितिय भएको छ । त्यस्तै बाँके जिल्ला ५ स्वर्ण, ३ रजत र ५ कास्य पदकका साथ तृतिय स्थान हात पार्न सफल भएको एथ्लेटिक्सका वरिष्ठ प्रशिक्षक तथा प्राविधिक संयोजक चन्द्र बहादुर गुरुङले जानकारी दिनु भएको छ ।

प्रदेश नं ५ का १२ जिल्लाको सहभागिता रहेको प्रतियोगिता बाट छनोटमा परेका महिला १२ र पुरुष १५ इभेन्टस्का खेलाडीहरुले बृहत आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ मा ३ विभागिय र ६ प्रदेशका खेलाडीहरु संग कडा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन २३ गते बिहिवार
प्रतिक्रिया