महिला भलिवलमा सुर्खेत च्याम्पियन

बद्री पन्त
जाजरकोट २१, फागुन/ आठौं राष्ट्रिय खेलकुदका लागि खेलाडी छनौट गर्न जाजरकोटमा जारी प्रथम कर्णाली प्रदेश स्तरीय महिला भलिवल प्रतियोगितामा सुर्खेत प्रथम भएको छ । मंगलवार भएको फाइनल खेलमा सुर्खेतले कालीकोटलाई ३–१ को सेटमा पराजित गदै उपाधी पक्का गरेको हो ।
सुुर्खेतले २५–१९, २५–१७, २२–२५ र २५–१८ को सेटमा कालिकोटलाई पराजित गदै प्रथम स्थान हाँसिल गरेको हो । उपाधीको दावेदार कालिकोटले उपविजेतामा चित्त बुझाउनु परेको छ । त्यस्तै पश्चिम रुकुम तृृतिय भएको छ । पश्चिम रुकुमले दैलेखलाई ३–१ को खेल अन्तरमा पराजित गरी तृतिय स्थान हाँसिल गरेको आयोजकले जनाएको छ । भेरी नगरपालिका जाजरकोटका उपप्रमुख भावना भण्डारीले प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने खेलाडीलाई मेडल र प्रमाण पत्र प्रदान गर्नु भयो ।
कर्णाली प्रदेशवाट महिला भलिवल खेलाडी छनोट गर्नका लागि गत शुक्रवार देखी प्रदेश स्तरीय प्रतियोगिता जाजरकोट खलंगामा संचालन गरिएको थियो । जाजरकोटमा पहिलो पटक आयोजना भएको क्षेत्रिय महिला भलिवल प्रतियोगितामा कर्णाली प्रदेशका दश वटै जिल्लाका खेलाडीहरुको सहभागिता रहेको थियो । आठौं राष्ट्रिय खेलकुदमा सहभागि हुनका लागि १२ जना उत्कृष्ट महिला खेलाडीहरु छनोट गर्न खेल आयोजना गरिएको हो । समापन कार्यक्रममा खेलाडी छनौट नै नगरि समापन भएको छ । प्राविधिक कारण छनौटमा परेका खेलाडी पछि घोषणा गर्ने कर्णाली प्रदेश खेलकुद परिषदका सह संयोजक प्रदिप खत्रीले बताउनु भयो ।

प्रकाशित मिति : २०७५ फाल्गुन २१ गते मङ्गलवार
प्रतिक्रिया