भारतको आक्रमणबाट पाकिस्तानको मुजफ्फरावाद ध्वस्त

फागुन १४, २०७५  

काठमाडौँ — भारतीय वायु सेनाको फाइटर विमानले पाकिस्तानको बालाकोट, चकोठी र मुजफ्फरावादमा रहेको आतंकवादी अखडामा १००० किलो बम खसालेर ध्वस्त बनाएको दाबी गरेको छ । मंगलबार बिहान गरिएको उक्त आक्रमणको पाकिस्तानले पनि पुष्टि गरेको कान्तीपुर अनलाइनले लेखेको छ ।

Advertisement

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जेनेरल असिफ गफुरले ट्वीट गर्दै भारतीय लडाकू विमानले पाकिस्तानी सीमामा अवैध घुसपैठ गरेको र पाकिस्तानी वायु सेनाले जवाफी कारवाही गरेसँगै बालाकोटमा बम खसालेर भागेको बताएका छन्। उनको अनुसार खसालिएको बमबाट कुनै जनधनको नोक्सानी भएको छैन ।
उता भारतीय पक्षले भने बम आतंकवादीको अखडामा खसालेको र त्यसले उनीहरुको सञ्चार सम्पर्क गर्ने केन्द्र तथा तालिम क्षेत्र ध्वस्त भएको दाबी गरेको छ।

भारतको काश्मिरस्थित पुलुवामामा भएको आत्मघाती आक्रमणमा परी ४६ जना सीआरपीएफका जवानहरुको मृत्यु भएसँगै भारत(पाकिस्तानको सम्बन्धमा चिसोपना आएको छ।

Advertisement

भारतीय पक्षले पाकिस्तान माथि हमाल नै गर्नुपर्ने तर्क राखिरहेका छन् भने पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले आक्रमण गरे त्यसको कडा जवाफ दिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस