वीरेन्द्र माध्यमिक बिद्यालय हेकुलीको ५३ औँ बार्षिक समारोह सम्पन्न

तुलसीपुर १० फागुण ।दङ्गिशरण गाउँपालिका वडा न.३ स्थित श्री वीरेन्द्र माध्यमिक बिद्यालय हेकुलीको ५३ औँ बार्षिक समारोह बिहीबार सम्पन्न भएको छ । बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष भगवती थापाको अध्यक्षता एंव सांसद धमकली चौधरीको प्रमूख आतीथ्यता तथा गाउापालिकाका अध्यक्ष भागिराम चौधरीको बिशीष्ट आतीथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा सांसद चौधरीले पछिल्लो समय सामुदायीक बिद्यालयको समग्र स्थिती खस्कदो अवस्थामा पुगेको भन्दै यसमा सबैको साथ र सहयोगको आवश्यक रहेको बताईन् ।

साथै सांसद चौधरीले बिद्यालयको भौतीक पूर्वाधार तथा आर्थीक कुरामा प्रदेश बाट साथ सहयोग गर्न तयार रहेको आश्वासन दिईन् ।
सो अवसरमा गाउँपालिका अध्यक्ष भागिराम चौधरीले पछिल्लो केहि समय यता सामुदायीक बिद्यालयमा सुधारात्मक कुराहरु भईरहेको बताए ।साथै उनले पालिका भित्रका १५ वटा सामुदायीक बिद्यालय मध्ये यस बिद्यालयको शैक्षीक स्थिती गुणस्तरीय रहेको बताए । कार्यक्रममा बिधालयका प्रधानाध्यापक खिमराज खनालले बिद्यालय भौतीक तथा आर्थिक कुरामा पछाडी रहेको भन्दै प्रदेश सरकार र गाउँपालिकोको सहयोगको आबश्यक रहेको बताए ।
लक्ष्मी नारायण आधारभूत बिद्यालयका प्रद्यानाध्यापक गोविन्द आचार्य,पूर्व शिक्षक शम्भु गिरी लगाएतले बोलेका थिए ।कार्यक्रममा बिद्यालयको स्थापना गरेको भन्दै स्व.धरणीधर चौधरीको सम्झनामा धर्मपत्नी पूर्णीमा चौधरी र एमुना चौधरीलाई सम्मान गरिएको थियो । कार्यक्रममा हाजीरी जवाफ प्रतीयोगितामा प्रथम र द्धितीय हुने बिद्यार्थीहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो । हेमन्त अधिकारीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण शिक्षक दिनेश कुमार रेग्मीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन १० गते शुक्रवार
प्रतिक्रिया