सहकारी संस्थाको भवन सिलान्यास

तुलसीपुर १० फागुण । दङ्गिशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले बिहीबार एक कार्यक्रमका बिच एक सहकारी संस्थाको भवन सिलान्यास गरेका छन् । दङ्गिशरण गाउँपालिकाको वडा न. ३ हेकुलीमा निर्माण हुने सती बचत तथा ऋण सहकारी सस्ंथाको भवन सिलान्यास गरेका हुन् । भवन सिलान्यास पछि कार्यक्रममा उनले मानीसमा बचत गर्ने बानीको बिकाश हुुनु जरुरी रहेको बताए । दङ्गिशरणका आम नागरीक कृषी पेषामा आत्म निर्भर हुने हुनाले अवका दिनमा कृषी लाई अगाडि बढाएर बजारीकरण गरि यी यस्ता सहकारीमा जम्मा गरे मानिसको जिवनमा परीवर्तन आउँने बताए ।
साथै उनले सहकारी भनेको बचत मात्र नभई ऋण निकाल्न पनि सकिने सस्था भएकाले नागरीकहरु सहकारीमूखी हुन जरुरी रहेको बताएका हुन । दङ्गिशरण गाउँपालिकाको ४ लाख को आर्थीक सहयोग र सस्थाका सदस्यहरुको १० प्रतीशत श्रमदानमा उक्त भवन निर्माण हुन लागेको हो । २ कोठे उक्त भवन ८ कट्ठामा बन्न लागेको हो । सहकारीको नाफा भएको रकम मध्ये २ लाख ३७ हजारमा भवन निर्माणका लागि जग्गा किनेको सस्थाकि अध्यक्ष बसन्ती वलीले जानकारी दिईन् । कार्यक्रममा सदस्यहरु सिता दाहाल,मन कुमारी चौधरी, गोमा आचार्य। शुसीला पौडेल लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन १० गते शुक्रवार
प्रतिक्रिया