महापुराणमा बिक्कीले ५५ हजार सहयोग गरे

तुलसीपुर,८ फागुन ।
तुलसीपुर १२ शितलपुर दाङमा जारी रहेको शिव महापुराणमा युवा संघका नेता बिक्की सिंह ठकुरीले ५५ हजार रुपैया दान गरेका छन ।
महापुराणमा आजको विशिष्ठ अतिथि समेत रहेका ठकुरीले ५५ हजार ५ सय ५५ रुपैया दान गरेको आयोजकले जानकारी दिएको छ ।

सामाजिक कार्यमा सक्रिय ठकुरीले मन्दीर जस्तो पबित्र ठाउमा सहयोग गर्न पाउदा आफु र आफ्नो परीवारले खुसी महसुश गरेको बताएका छन । उनले यस अघि पनि विभिन्न ठाउमा सहयोग गर्दै आएका छन । उनि युवाहरु माझ निकै लोकप्रिय समेत छन । तुलसीपुर ११ बेलटाकुरा निवासि ठकुरीले आफ्ना बुवा विरेन्द्र कुमार सिंह र आमा धिरा कुमारी सिंहको साथमा उक्त सहयोग गरेका हुन ।

प्रकाशित मिति : २०७५ फाल्गुन ८ गते बुधवार
प्रतिक्रिया