सल्लाको काठ सहित ट्याक्टर नियन्त्रणमा

फागुन ०७, २०७५  

प्रद्युम्न उपाध्याय

Advertisement

फागुन ७, सल्यान । सल्यानमा एक ट्याक्टर सल्लाको काठ र दाउरा बरामद गरिएकोछ । ईलाका प्रहरी कार्यालय सितलपाटीले गस्तीको समयमा शारदानगरपालिका १२डाँग्रीबाट सल्लाको काठ र दाउरा सहित एकट्याक्टरलाई पक्राउ गरेकोहो । आबश्यक अनुमती र प्रक्रिया बिपरित डाँग्रीबाट श्रीनगर तर्फ ल्याउदैँगरेको काठ र दाउरालाई प्रहरीले पक्राउगरेर नियन्त्रणमा लिएकोहो । प्रहरीले नियन्त्रणमा लिएको काठ,दाउरा र ट्याक्टरलाई डिभिजन बन कार्यालय सल्यानको जिम्मा लगाएकोछ । सहायक बनअधिकृत हरि बहादुर थापाले काठ,दाउरा,ट्याक्टरसँगै चालकपनि बन कार्यालयको नियन्त्रणमा रहेको बताए । उनले यसबिषयमा थपअनुसन्धान गरेर आबश्यक कानुनी कार्बाहि प्रक्रिया अगाडीबढाईने बताए ।

प्रतिक्रिया दिनुहोस