वडा स्तरीय अभिमुखिकरण गोष्ठी चिराघाटमा सम्पन्न

फागुन ०६, २०७५  

तुलसीपुर, ६ फागुण ।पश्चिम दाङको शान्तिनगर गाउँपालिका स्वास्थ्य शाखा चिराघाट्को आयोजनामा हात्ती पाइले रोग बिरुद्ध औषधी बितरण कार्यक्रम सम्बन्धि वडा स्तरीय एक दिने अभिमुखिकरण गोष्ठी सोमवार चिराघाटमा सप्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष कमान सिङ्ग डाँगीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत निम बहादुर के सि, शिक्षा शाखा प्रमुख घनश्याम ओलि, वडा नम्बर ३ का अध्यक्ष बुद्धि राम तिवारी, ४ का अध्यक्ष धन बहादुर के सि लगायतले बोलेका थिए । गोष्ठीमा ३ र ४ का महिला तथा पुरुष गरि चालीस जनाको सहभागीता रहेको थियो ।
यहि फागुण १५ गतेदेखी देशभर हात्ती पाइले विरुद्ध औषधि खुवाईने भएको छ । स्वास्थ्य शाखा चिराघाट्का सह संयोजक घनश्याम पाण्डेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सहजीकरण स्वास्थ्य संयोजक हरि पुनले गरेको गाउँपालिकाका प्रेस संयोजक निरास पाण्डेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस