च्याउ खेतीबाट लाखौको आम्दानी

फागुन ०५, २०७५  

बिमल योगी
दाङ,५फागुन । दाङको पक्वैकामहिलाहरुले च्याउ खेतीबाट मनग्यआम्दानीगर्न सफलभएका छन् । एफ.वान. सानाकिशान कृषक समुह गठन गरी च्याउ खेतीथालेकाउनिहरुले पछिल्लो ६ महिनामाच्याउ खेतीबाट एक लाख४० हजार रुपैया आम्दानीगर्न सफलभएकाहुन । पहिलो चरणमा दुई वटा टहराबाट च्याउखेतीथालेकाउनिहरुले ९ सय किलो च्याउबिक्री गरेको समुहका सचिवमनकुमारी चौधरीले जानकारी दिनुभयो । पहिलो पटक एक सय ५० पोकाच्याउ खेती गरेकोमाचार सय किलो र दोश्रो पटक चार सय पोकाच्याउ खेती गरेकोमापाँच सय किलो बिक्री गरेको उहाको भनाई छ । पक्वैका२४ घरधुरी मिलेर थालिएको च्याउखती फस्टाउदै गएपछि अहिले ५ वटा टहरा निर्माण गरी एक हजार चार सय वटा पोकामाच्याउ राखिएको र दैनिक १५।२० किलो च्याउबिक्री भैरहेको समुहकाअध्यक्षकुमारी चौधरीले जानकारी दिनुभयो ।

कृषीबिकास मन्त्रालयअन्तरगत रहेको सानातथामझौला कृषक आयस्तरबृद्धि परियोजना रिजमको तीनलाख ४४ हजार पाँच सय ४८ रुपैया र समुहको एक लाख ९३ हजार सात सय ३७ रुपैया गरी पाँचलाख ३८ हजार दुई सय ८५ रुपैयामाच्याउ खेतीगरिएको हो । यसैविचएफ.वान.सानाकिशान कृषक समुहले अन्तिम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । समुहकाअध्यक्षकुमारी चौधरीको अध्यक्षतातथा रिजमकाकार्यक्रमअधिकृत हरि शर्माको प्रमुखआतिथ्यमाकार्यक्रमभएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममाबोल्दै समुहका सदस्यशर्मिलाचौधरीले च्याउ खेतीबाट दैनिक घरखर्च चलाउन सजिलो भएको बताउनुभयो । यसअघि खेर गैरहेको समयको सदुपयोगसंगै च्याउ बिक्रीबाट आएको रकमले घर खर्च चलाउननिकै सजिलो भएको उहाको भनाई थियो ।

समुहकाउपाध्यक्षवसन्तीचौधरीको स्वागत मन्तव्यबाट सुरु भएको सार्वजनिक सुनवाई कार्यक्रममा रिझमकाकार्यक्रमअधिकृत हरि शर्माले जिल्लाका ५ वटा समुह र संस्थामा २५ लाख बढिको लगानीगरिरहेको जानकारी दिनुभयो । घोराहीको पक्वै र लखवार,तुल्सीपुर उपमहानगरपालिका १८ हेमन्तपुर र वडा नम्वर ४ रक्षाचौर तथा गढवा गाउपालिका वडा नम्वर १ धानखोलामा स्थानिय समुहतथा संस्थालाई च्याउखेतीकालागि घीन लाखदेखी १० लाख सम्मअनुदानदिइएको उहाँको भनाई छ । सो अवसरमा घोराहीउपमहानगरपालिका वडा नम्वर ६ का सदस्यकुन्तासिजवाल,नेपालपत्रकार महासंघका प्रदेश पार्षद विमल योगी,उद्योग बाणिज्य संघका प्रतिनिधिश्रीरामचौधरी लगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस