टिमवर्क राम्रो भए फिल्म चल्छ: नायक रायमाझि

शिव पुन,तुलसीपुर,४ फागुन ।
दर्पण छाया, हामी साथी भाइ,मुगलान जस्ता दर्जन बढी सुपरहिट फिल्म नेपाली सिनेमा क्षेत्रलाई दिएका लोकप्रिय नायक दिलिप रायमाझीले एकजनाले नभइ टिमले गर्दा फिल्म सफल हुने बताएका छन् । कुनै समय नेपाली सिनेमा क्षेत्रमा एकछत्र राज गरेका भर्सटाइल एक्टर दिलिपले फिल्म चल्न कलाकार,निर्माता,निर्देशक,नृत्य,द्वन्द्व ,गीतसंगीत सबैको तालमेल हुनुपर्ने कुरामा जोड दिदै पछिल्लो समयको ब्लकबस्टर फिल्म छक्का पन्जा र यसको सिरिज यसैको ज्वलन्त उदाहरण भएको बताए ।

चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाले आज तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा रायमाझीले आफुलाई दर्पणछाया, जस्तै सुपरहिट फिल्म फेरि गर्न मन भएको भएपनी त्यस्तो टिम भने भेटाउन नसकेको बताए । अमेरिका बसाई पछिको कमब्याक किन सुखद हुन सकेन भन्ने पत्रकारको जिज्ञासामा रायमाझीले भने म एक्लैले गर्दा फिल्म चल्ने होइन मैले माथी भने जस्तो टिमवर्क मिल्न सकेन फलस्वरूप मैले काम गरेका फिल्मले सोचे अनुसारको व्यापार गर्न सकेन।

चलचित्र पत्रकार संघ नेपाल ,दाङ शाखाका अध्यक्ष ध्रुवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा अर्को एक प्रसङ्गमा रायमाझीले भने मेरो तत्काल फिल्म निर्देशन गर्ने कुनै सोच नभएको र अझै केही समय बाहिरी ब्यानरका फिल्ममै काम गर्ने साथै अब गर्ने फिल्महरु छानेर स्कृप्ट हेरेर मात्र गर्ने पनि बताए । संघका कोषाध्यक्ष शिव पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा चलचित्र पत्रकार संघ दाङका संस्थापक सल्लाहकार शरद अधिकारी लगाएतकाले बोल्नु भएको थियो भने कार्यक्रमको सहजीकरण संघका सचिव सन्तोष के।सी।ले गर्नु भएको थियो।

प्रकाशित मिति : २०७५ फाल्गुन ४ गते शनिवार
प्रतिक्रिया